पोखरामा १२ औं दक्षिण एशियाली सेभेन ए साईड फुटबल सुरु


पोखरा – पोखरामा १२ औं दक्षिण एशियाली सेभेन ए साईड फुटबल शनिबार सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई पराजित गर्दै सुखद सुरुवात गरको छ ।

नेपालले भुटानलाई ४ – ० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि म्यान अफ दि म्याच सुनिल वि.क.ले खेलको पहिलो हाफको ९ औं र २४ औं मिनटमा गोल गर्दै खेललाई नेपालको पक्षमा पारेका थिए । खेललाई आफ्नो पक्षमा पार्न निकै संघर्ष गरि रहेको भुटान माथी नेपालका सुशिल लामाले ४२ औं मिनटमा गोल गर्दै गोल अन्तरलाई बढाए । उनले पुनः ४८ औं मिनटमा थप गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।

अर्को खेलमा बंगलादेशले मालदिभ्समाथी ठुलो गोल अन्तरले विजय पायो । एक पक्षिय खेलमा बंगलादेशले मालदिभ्सलाई १६ – ० गोल अन्तरले पराजित ग¥यो । बंगलादेशका लागि अश्रफुलले एक्लैले ६ गोल गरे । यस्तै उज्जरले ५, तुहिन र कप्तान स्टेफान हकले समान २ र मिसुले एक गोल गरे ।

प्रतियोगिताको प्रमुख अतिथी प्रतिनिधी सभाका नवनिर्वाचित साँसद राजीव पहाडीले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरे । कार्यक्रममा बिशेष अतिथीको रुपमा सोलुखुम्बु जिल्ला प्रदेश सभा २ का साँसद बुद्धिबहादुर राजभण्डारीको पनि उपस्थिती रहेको थियो ।

यस अघि नेपालले २००६ मा सातौं संस्करणको प्रतियोगिता आयोजना गरेको थियो । २०१० मा श्रीलङकामा आयोजना भएको प्रतियोगितामा नेपाल च्याम्पियनभएको थियो भने बंगलादेशमा आयोजना भएको ११ औं संस्करणमा नेपालले सहभागिता नजनाएको महासचिव डि.बि. नेपालीले जानकारी गराए । प्रतियोगितामा नेपाल सहित सार्क राष्ट्रका श्रीलङका बाहेको उपस्थिती रहेको छ । नेपाल सम्मिलित समूहमा भारत र भुटान रहेका छन् ।