पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि रन्जन मेमोरियललाई


पोखरा – नदिपुर क्लबको आयोजनामा सम्पन्न पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी रन्जन मेमोरियलले जितेको छ । क्लबका सदस्य इन्द्र पुन र ललित पुनको स्मृतिमा आयोजित प्रतियोगिता अन्तर्गत सम्पन्न फाइनल खेलमा एलजी एशोसियसनलाई २–१ गोलले पराजित गर्दै पाँचौ नदिपुर सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी हात पारेको हो ।

उपाधी संगै रन्जम मेमोरियलले एक लाख एक सय एघार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेभने उपविजेता एलजी एशोसियसनले ५० हजार ५ सय ५५ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा रन्जन मेमोरियलका बिशाल बस्नेतले वेष्ट गोलकिपरको उपाधी हात पारे, एलजी एशोसियसनाक रमेश मगरले वेष्ट डिफेन्स, एलजी एशोसियसनकै अजित गुरुङले सर्वाधिक गोलकर्ता र भीमकाली युथ क्लवले फेयर प्ले ट्रफी हात पार्न सफल भए उपाधी विजेता खेलाडीहरुले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका विजेताहरुलाई पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रविन्सन प्रजुले पुरस्कार वितरण गरेका