बुद्ध एयरको पोखरा- नेपालगंज सिधा नियमित उठान गर्ने तयारी


पोखरा – निजी क्षेत्रको हवाई सेवा दिदै आएको बुद्ध एयरले पोखरा- नेपालगंज सिधा नियमित उठान गर्ने तयारी थालेको छ । एयरले वैशाख १ देखि पोखरा–नेपालगंज नियमित उडान गर्ने तयारी गरेको हो ।

हाल काठमाडौंबाट मात्र उडान गरिररहेको बुद्धले २०७५ सालको नयाँ वर्षदेखि पोखराबाट पनि नेपालगंज दैनिक उडान गर्ने घोषण गरेको छ। काठमाडौं पोखरा र पोखरा हब विमानस्थल बनाएर बुद्धले भरतपुर र भैरहवा उडान गरिरहेको छ। गाडीबाट १० देखि १२ घण्टा लाग्ने उक्त रुटमा हवाईसेवा सुरुभएपछि यात्रा छिटो हुनेछ ।

सर्वसाधारण यात्रुदेखि देशी विदेशी पाहुनाहरुलाई सहज हुने र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमणमा विदेशीहरुलाई सहज यात्रा होस भनेर उडान सुरु गर्न लागिउको बुद्ध एयरले जानकारी दिएको छ।

बुद्ध एयरले विशेषगरी पोखरा आएका पर्यटकलाई मानसरोबर जान सहज होस भन्ने उद्देश्यबाट उडान सुरु गर्न लागेको हो। भारतीयहरु पोखरा पनि आउन चाहने र मानसरोबर पनि जान चाहने तर गाडीको यात्रा लामोमात्र नभइ कष्टकर पनि भएकोले हवाई उडान सुरु योजना बुद्धले बनाएको छ।