ऐतिहासिक मेलाको संरक्षणमा उपमेयर गुरुङको जोड


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले ऐतिहासिक एवम् प्राचिन मेला महोत्सव, संस्कृति, धार्मिक क्षेत्र लगायत मुलुकका पहिचान बोकेका धरोहरको संरक्षणमा महानगरपालिकाले उच्च प्राथमिकमा राखेको बताउनु भएकोछ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं.१७ स्थित माघे संक्रान्ति ढुङेसाघँु मेलाका भक्तजन तथा दर्शकलाई लच्छित गरि स्थानीय ढुङेसाघुँ सितापाईला आमा समुहद्धारा आयोजित निशुल्क प्रसाद वितरण कार्यक्रमको आज यहाँ शुभारम्भ गर्दै उहाँले यस्ता कार्यक्रमले मेलाको निरन्तरता र महत्वलाई उजागर गर्ने बताउनु भयो ।

मगर समुदाय तथा थारुजातिको महत्वपूर्ण पर्व माघीको उपलक्ष्यमा सिताघाटमा स्नान गर्न आउने भक्तजन तथा ढुङेसाघुँ मेलाका दर्शकलाई खुदो, चिउरा लगायतका कन्दमुल चखाउनुको साथै संस्कृति, धर्म, रितिरिवाजको जगेर्ना गर्ने उदेश्यले प्रसाद वितरण कार्यक्रम गर्दै आएको आमा समुहका अध्यक्ष जुना गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा उपमहानगरपालिका प्रवद्र्धक,स्थानीय मञ्जु गुरुङको प्रायोजन तथा मेरि प्रजनन स्वास्थ्य सेवा केन्द्रको सहप्रायोजन रहेको उक्त कार्यक्रमा कटुसको पातबाट निर्माण गरिएको चपरीमा खुदो, चिउरा, बटुक, सखरखण्ड, तरुलको प्रसाद र चियाको समेत व्यवस्था गरिएको हो ।पोखरा लेखनाथ महानगरपालिका १७ का वडासदस्य बैकुण्ठ भण्डारीले सिताघाटमा स्नान गरेर सदाशिव हरिहर ,अकलादेवी, सितापाईला लगायत विभिन्न देवदेवीको दर्शन गर्न सकिने उक्त पुण्यभुमीका प्राचिन कालदेखि ढुङेसाघुँ मेला लाग्दै आएको बताउनु भयो ।

आमा समुहका अध्यक्ष जुना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समुहका पुर्वसचिव जुना मल्लले स्वागत तथा सचिव रामकुमारी थापामगरले संचालन गर्नुभएको थियो ।सेतिनदी माथि प्राकृतिक निर्मित पुल ढुङेसाघुँको नामा करण गरिएको सो मेलामा विशेष गरि ग्रामीण क्षेत्रमा उत्पादित फलाम, वाँस, माटाका घरेलु सामाग्री,कृषि उत्पादन लगायतको विक्री वितरण भएपनि पछिल्लो समयमा उपभोग्य वस्तु, मनोरञ्जन, खेलकुल, खाजाघर वढ्दै स्थानीयवासिन्दा बताउनु हुन्छ ।