पिरती लाउन गायिका सुमीको आग्रह


बार्सिलोना/ लोक दोहोरी गायिका सुमी घिमिरे सापकोटाको झ्याउरे गीत “आउँ सानु पिरती लाउन” सार्बजनिक भएको छ। लोक दोहोरी गायक चन्द्र शर्मा र गायिका सापकोटाको झ्याउरे गीत म्युजिक नेपाल मार्फत सोमबार सार्बजनिक भएको हो।

कस्तुप पन्तको लय तथा शब्द संकलन रहेको “आउँ सानु पिरती” ले लोक तथा दोहोरी पाराखी स्रोताहरुको मन जित्ने बिश्वास गायिका सापकोटाले लिएकी छन्।

उनले भनिन्,”देश तथा विदेशमा रहने सम्पूर्ण दर्शक स्रोताहरुको लागि नयाँ कोसेली लिएर आएकी छु,सुनेर प्रतिक्रिया पाउने अपेक्षा राख्दछु।” म्याग्दी स्थायी घर भएकी गायिका सापकोटा झन्डै एक दशक देखि युरोपमा रहेर पनि लोक दोहोरी क्षेत्रमा सक्रिय छन्।

यस अघि उनले “माछा पानीमा” बोलको गीत नेपाली सांगीतिक बजारमा ल्याएकी थिईन्। युरोपका प्रायजसो मुलुकहरुमा पुगेर स्टेज कार्यक्रहरु गरि सकेकी सापकोटा नेपालमा छदा पनि बिभिन्न दोहोरी प्रतियोगिताहरुमा भाग लिदै थुप्रै पटक बिजेता बनेकी थिईन्।

झ्याउरे दोहोरी भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन्। नेपाल लोक दोहोरी गीत प्रतिष्ठानका पुर्ब अध्यक्ष समेत रहेका गायक शर्मा र सापकोटाको जोडीलाई दर्शक स्रोताले कत्तिको रुचाउँछन् त्यो भने हेर्न बाँकी नै रहेको छ।