नेपाल स्वीस टेक्नोलोजी ट्रान्सफर कार्यशाला गोष्ठी सम्पन्न


काठमाडौ / तीन दिने नेपाल स्वीस टेक्नोलोजी ट्रान्सफर कार्यशाला गोष्ठी गतसाता काठमाडौमा सम्पन्न भएको छ। स्विट्जरल्याण्ड र नेपाल बीच आविष्कार,बिज्ञान,प्रविधि, तथा सीप हस्तान्तरण बिषयमा बृहत छलफल सहित गोष्ठी सम्पन्न भएको हो।

नेपाल स्थित स्विस दूताबासको सहकार्यमा नेप्लिज साइन्टिफिक एसोसिएसन इन स्विट्जरल्यान्ड (नेप्सास) ले गोष्ठीको आयोजना गरेको हो। कार्यक्रमबाट उत्कृष्ट बनेका चार उद्यमशील नवसिर्जनाका ‘स्टार्टअप’ सोचलाई नगद सहित पुरस्कृत समेत गरिएको छ। साथै उत्कृष्ट  ‘स्टार्टअप’ सोचले स्विट्जरल्यान्डको लुश्रेनमा हुने पहिलो वल्र्ड इनोभेसन फोरममा सहभागी हुने अबसर प्राप्त गर्ने भएका छन्।

कार्यक्रममा ५०० आवेदनमध्येबाट छनोट भएका ५० भन्दा बढी नवआविष्कारमा संलग्न युवा सहभागी थिए ।तस्बिर:-नेप्सास