पोखरा महोत्सवमा एकैदिन ३० हजार दर्शकले प्रत्यक्ष अवलोकन


पोखरा – पोखराको अमरसिंह चौरमा जारी आठौ संस्करणको पोखरा महोत्सवमा सोमबारको दिन दर्शकको उल्लेख्य सहभागीता रहयो । सोमबार मात्रै महोत्सवमा ३० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन । सोमबार नेपालीहरुको माघे सक्रान्ति परेकाले महोत्सवमा अन्य दिनमा भन्दा वढी दर्शकहरुले सहभागीता जनाएको महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा सोमबार एक करोड १५ लाखको कारोबार भएको छ । महोत्सवमा विशेष गरी जाडो मौसममा प्रयोग हुने सामानहरुको कारोबार वढीमात्रामा हुने गरेको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । हात्ती चढेर महोत्सवको अवलोकन गर्ने दर्शकहरुको समेत उल्लेख्य सहभागीता रहेको महोत्सव सचिवालय ब्यवस्थापन उपसमिती संयोजक लोक बहादुर थापाले जानकारी दिए ।

महोत्सवको पांचौ दिन लोकदोहोरी गायक रामजी खांडको प्रस्तुतीले महोत्सवमा उपस्थित दर्शकहरुलाई एकल तथा दोहोरी गीतबाट मनोरन्जन प्रदान गरेका थिए । खांड संगै प्रजापति पराजुली, तारापति सुवेदी, जीवन दाहाल, सुरेन्द्र गुरुङ, शिवहरी ढुंगाना, परशुराम अधिकारी, निशा पोख्रेल लगायतको प्रस्तुतीले दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । सोमबार सांझ लाइभ ब्याण्डतर्फ १९७४ एडी न्यु लाइन अफको प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

महोत्सवमा मंगलबार लोकदोहोरी तर्फ प्रजापति पराजुली, जुना श्रीष मगर, जीवन दाहाल, शिवहरी ढुंगाना, प्रेमराज अधिकारी, लक्ष्मी सुवेदी, माधव चापागाइ, रतिमाया खड्का, शंकर पन्त, सिता परियार लगायतको प्रस्तुती रहने छभने । हास्यब्यङग्य तर्फ पोखरेली माग्ने बुढा र धुर्मुसको प्रस्तुती रहने छ ।

मंगलबार लाइभब्याण्ड तर्फ सविन राइ एण्ड फारोह को प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए । प्रदेश स्तरिय लोक दोहोरी प्रतियोगिता अन्तर्गत दिनेश खडकाको समुह बाग्लुङ र इश्वर खड्काको समुह बाग्लुङ, गोर्खा र स्याङजा वीच प्रस्तुती रहेको थियो । भने मंगलबार कास्की र स्याङजा वीच प्रतिस्पर्धा रहने छ ।