विद्यालय शिक्षा व्यवसायिक र प्राबिधिक तबरको हुनु पर्छ : अधिकारी


पोखरा – सांसद रबिन्द्र अधिकारीले विद्यालय तहबाटै शिक्षालाई व्यवसायिक र प्राविधिक रुपमा पढाउनु पर्ने बताएका छन् । पोखरा लेखनाथ महानगर पालिका वडा न ३३ भरत पोखरी स्थित शान्ति उदय मा बि को ५८ औ बार्सिकोत्सब कार्यक्रममा अधिकारीले विद्यालय शिक्षा व्यवसायिक र प्राबिधिक तबरको हुनु पर्ने बताए ।

उनले कोरा शिक्षाले मात्र सम्बृद्ध नेपाल निर्माणको कार्य पुरा नहुने बताए । अधिकारीले सरकारी विद्यालयहरुले आधुनिक शिक्षण विधिको प्रयोगमा जोड दिनुपर्ने भन्दै त्यसको बाताबरण निर्माणमा सरकारी निकायको महत्वपुर्ण भूमिका रहने बताए । सरकारले समग्र शिक्षा नीतिको पुनराबलोकन सहित यस सम्बद्ध ऐन नियमको पनि पुनसंरचनामा ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

सोहि विद्यालयका भू पु बिद्यार्थी समेत रहेका अधिकारीलाई सो संसदमा तेश्रोपटक पनि निर्बाचित भएको सम्मान सहित सफलताको शुभकामाना समेत ब्यक्त गरेको शिक्षक रन बहादुर गुरुङले जानकारी दिए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिका वडा न ३३ का अध्यक्ष शिब प्रसाद आचार्य, विद्यालयका सस्थापक प्राधानाध्यापक पबित्रमणि पौडेल, पूर्व प्रधानाध्यापक कमल प्रसाद आचार्य, बिद्यालय निरीक्षक बबिता शर्मा, सरस्वती टिका माबिका अध्यक्ष ऋषिराज आचार्य, स्थानीय समाजसेबी रामचन्द्र पौडेल लगायतले शुभकामना दिए ।

प्रधानाध्यापक टेकनाथ गिरीले बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । सो अबसरमा शैक्षिक एबम अतिरिक्त क्रियाकलापमा बिजेता बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै विद्यार्थीहरुले बिबिध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । ब्यबस्थापन समिति अध्यक्ष केशबराज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन शिक्षिका नारायणी शर्मा र स्वागत शिक्षक बेदनाथ आचार्यले गरेका थिए ।