पुरुन्चौर कृषि क्याम्पसमा भौतिक पूर्वाधार निर्माणको काम सुरु हुने


पोखरा – पोखरा लेखनाथ महानगरपालिका पुरुन्चौरमा रहेको प्राकृतिक स्रोत ब्यबस्थापन कलेज (कृषि क्याम्पस ) मा भौतिक पूर्वाधार निर्माणको काम १५ दिनभित्र सुरु हुने भएको छ । भौतिक पूर्वाधारका लागी बजेट विनियोजन भएपनि निर्माणको काम अगाडी बढन सकेको थिएन् ।

निर्माण कार्य अगाडी बढन नसकेपछि पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १९का वडा अध्यक्ष शोभामोहन पौडेलको नेृत्वमा क्याम्पसका संस्थाक हेमप्रसाद गौतम र भुमि ब्यवस्थापन समन्वय समितिका संयोजक इमान पौडेल सहित १३ जनाकाृ टोली कृर्षि क्याम्पस रामपुर पुगेर क्याम्पसका उपकुलपति, डिन र रजिष्टारसंग छलफल गरेपछि १५ दिनभित्र काम अगाडी बढाउने सहमती भएको हो ।

क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागी सरकारले दुई वर्ष अगाडी करिव १३ करोड रुपैयाँ विनियोजन गरेको भएपनि क्याम्पसका प्रन्सिफल र केन्द्रको विवादका कारणले निर्माण हुन नसकेको हो । क्याम्पसलाई भौतिक पूर्वाधार निर्माणका लागी सरकारले पुजीगत अनुदान दिएको हो, तर दुई वर्षदेखि काम अगाडी नबढेपछि हामी डेलिगेन गएको थियौ वडा अध्यक्ष पौडेलले भने ‘भिसी, डिन र रजिष्टार र प्रिन्सिपलसंग छलफल गर्यौ, अवको १५ दिनभित्र काम सुरु गर्ने सहमती गरेर आएका छौ ।’

उनका अनुसार क्याम्पसको भौतिक पूर्वाधारको काम हुनुपर्यो, अरु हामीलाई थाहा छैनौ भनेका छौ । क्याम्पसमा अहिले १ सय ५० जना विद्यार्थी अध्ययनरत छन् भने यो तेश्रो ब्याज हो ।