घाचोकको गिद्ध संरक्षण स्थलमा विद्यार्थीले सरसफाई गरे


पोखरा । ‘गिद्ध बचाआँै र हाम्रो भविष्य रचाँै’ नामक आईएसए प्रोजेक्ट अन्तर्गत घाचोकमा विद्यालय स्तरीय गिद्ध संरक्षण र गौ रक्षा सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–९ स्थित वाल प्रभात वोडिङ स्कूल र माछापुच्छ्रे गाँउपालिका–३ घाचोक स्थित श्री शुक्ला गण्डकी मावि विच भगिनी सम्वन्ध स्थापित भई माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुले पब्लिक प्राइभेट पार्टनरशीप अवधारण अन्तर्गत यस संरक्षण परियोजनामा सहकार्य गर्न गत सेप्टेम्बरमा गिद्ध सचेतना दिवसबाट कार्यक्रम शुरु भई निरन्तर चलिरहेको विद्यालयले जानकारी दिएको छ ।

घाचोकस्थित जटायु संरक्षण तथा गौ रक्षा केन्द्रलाई स्थानिय स्तर र विद्यालय स्तरबाटै थप व्यवस्थित गर्न र प्रकृतिको कुचीकारको रुपमा मानिने अति लोपन्मूख गिद्ध प्रजातिको संरक्षण गर्नको लागि हातेमालो कार्यक्रमलाई ब्रिटिश काउन्सिल नेपालको इन्टरनेश्नल स्कूल अवार्ड (आईएसए) प्रोजेक्टले दुवै विद्यालयलाई एउटै प्लेटफर्ममा काम गर्न अवसर प्रदान गरेको कोओर्डिनेटर शिक्षक प्रेमबहादुर कुँवरले बताए ।
घाचोकमा रहेको शुक्ला गण्डकी विद्यालयको ३७ आँै वार्षिक उत्सवको पूर्वसन्ध्यामा विद्यालयको निमन्त्रणा र जटायु संरक्षण तथा गौ रक्षा व्यवस्थापन समितिको अगुवाईमा दुवै विद्यालयका विद्यार्थीहरुले अत्यन्तै उत्साहका साथ कार्यक्रममा सहभागिता रहेको अध्यक्ष राजाराम पौडेलले बताए ।

समितिका संस्थापक सचिव क्रान्तिरमण पोखरेलले लोपन्मूख गिद्ध प्रजातिको वारेमा, जटायु संरक्षण तथा गौरक्ष केन्द्रको वस्तु स्थिति, चुनौति र सम्भावनाबिच संरक्षणमा विद्यार्थीको भुमिकाको वारेमा वताएका थिए ।

सो अवसरमा विद्यार्थीहरु विभिन्न ६ समुहमा बाँडिएर सेतिगंगा नदि किनारमा करिव सय रोपनी क्षेत्रफलमा फैलिएको गौरक्ष केन्द्रमा संरक्षित गाईहरुको अवस्था उनिहरुको गन्ती, दानापानी दिनुका साथै किनेर लगिएको एक ट्रक पराललाई ओसारेर भण्डारण गर्न सहयोग गरेका थिए ।

विद्यार्थीहरुले सरोकारवालाहरुसंग कार्यक्रम स्थलमै अन्रक्रिया कार्यक्रम गरिएको केन्द्र स्थापनाको इतिहासमै पहिलो पल्ट अनुभुति गरेको गाईपालक खुशीमान गुरुङले वताए ।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, प्रअ तथा सहयोगी संस्था कर्मफलाईटस् तथा प्याराहकिङ प्रोजेक्टका प्रतिनिधि र विदेशी स्वयंसेवीहरु दिन भर संरक्षण क्षेत्रभित्र हड्डी संकलन गरि एक ठाँउमा थुपार्ने काम गरेको दृश्य साँचिकै प्रेरणदायी भएको संस्थापक एवं वि.व्य.स.का अध्यक्ष रविलाल पोखरेलले बताए । उनले केन्द्रमा हाल ६४ वटा गाईहरुले यहाँ संरक्षण पाएको वताए ।

कार्यक्रमका प्रमुख अतिथी तथा समितिका सल्लाहाकार माछापुच्छ्रे गाँउपालिका ३ नं वडाका वडा प्रमुख सूर्य प्रसाद लम्सालले आयोजक तथा विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गदै यस केन्द्रको अवलोकन भ्रमण गर्न सवै अभिभावक तथा विद्यालयलाई सन्देश पठाउन आग्रह गदै प्रदेश नं. ४ कै नमुना गिद्ध संरक्षण केन्द्रलाई सवैले प्रवर्दन गर्नुपर्ने बताए ।

सन् २०१० मा पंक्षी संरक्षण नेपालको सहयोगमा स्थापित यस जटायु रेष्टुरेन्ट खुलेयता यहाँ गिद्धको संख्यात्मक वृद्धि भई डाइक्लोफेनिक नामक औषधि निशोधित क्षेत्र घोषित भईसकेको र यहाँ दक्षिण एशियामा पाईने ९ मध्ये ८ प्रजातिको गिद्ध पाइन्छन् र ठुल्ठुला सिमल तथा अन्य रुखमा लटररम्मै बसेकोे देख्न पाइन्छ ।

उक्त जटायु सुरक्षित आहार केन्द्रमा वृद्ध तथा अशतm गाईहरुको उद्धार गरी रेखदेख, खानपान पश्चात प्राकृतिक कारणले गाई मरे पछि सो गाईको सिनो गिद्धको शुद्ध आहारको रुपमा खुवाईन्छ ।

विगत केहि वर्षदेखि पोखराको कर्मफलाइटस् संस्था मार्फत प्याराहकिङ प्रोजेक्टले गाईहरुको कल्याण तथा पोषिलो खानपिनको लागि आहारा तथा व्यवस्थापनमा समितिलाई सहयोग गदै आइरहेको संस्थाका प्रतिनिधि प्रेम बहादुर कुँवरले बताए ।