गायिका माया गुरुङ र उमा गुरुङलाई सम्मान गरिने


पोखरा – चालिसको दशकतिर चर्चित गीत गाउ शहरमा लम्जुङ दरवार भन्ने गीत बाट गण्डकी अञ्चल संगै आफुलाई चर्चित बनाउने गायिका माया गुरुङ र उमा गुरुङको कोही कसैले खोजी नगरिरहदा पोखरा महोत्सव आयोजक युनाइटेड क्लवले गुरुङद्धयको खोजी गरेको छ ।

सामाजिक काममा अगाडी वढिरहेको युनाइटेड क्लवले लोपोन्मुख लोक संस्कृति र सर्जकहरुलाई खोजी गरी सम्मान गर्दै आइरहेको छ । यही सन्दर्भमा आठौ पोखरा महोत्सवमा गुमनाम रहेका माया गुरुङ र उमा गुरुङको खोजी ग¥यो । वि.सं २०४५ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालको आयोजनामा काठमाडौंको सिंहदरबार परिसरमा आयोजना गरिएको अञ्चलव्यापी खुल्ला लोकगीत प्रतियोगितामा सहकर्मी उमा गुरुङसँग मिलेर गाउँ शहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन भई सक्यो मेरो घरबार बोलको गीत गाएपछि प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन् ।

यसरी राष्ट्रिय स्तरमा नाम कमाएकी गायिका द्धय पछिल्लो समय कोही कसैले वास्ता नगर्दा गुमनाम रहेको अवस्थामा पोखरा महोत्सवले उनीहरुको खोजी गरी सम्मान गर्ने भएको छ । महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले आफ्नो क्लव विशुद्ध सामाजिक काममा मात्र नभइ लोपोन्मुख संस्कृतीको जगेर्ना गर्दै कसैले वास्ता नगर्दा गुमनाम अवस्थामा रहेको उतीवेला चर्चित गाउ शहरमा लम्जुङ दरवार भन्ने गीतका पगर्न लागेको वताए ।

माया गुरुङ र उमा गुरुङलाई दोसल्ला र प्रमाण पत्रले सम्मान गर्ने र शनिवार सम्मानित ब्याक्तिले महोत्सवको स्टेजबाट गाउशहरमा लम्जुङ दरवार लगायतका गीतहरु समेत प्रस्तुत गर्ने महोत्सव कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

महोत्सवको नवौ दिन लोकदोहारी गायक पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने लगायत स्थानिय कलाकारहरुद्धारा लोकदोहोरी मार्फत उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिएभने हास्यकलाकार राजा राजेन्द्रले महोत्सवमा उपस्थित दर्शकहरुलाई हास्य प्रहशनबाट मनोरन्जन प्रदान गरेका थिए । महोत्सवमा आयोजना गरिएको प्रदेश स्तरिय लोक दोहोरी प्रतियोगितामा कास्की र पर्वत बीचको प्रतिस्पर्धामा कास्कीले जितेर सेमी फाइनलमा प्रवेश गरेको छ ।

भोली बाग्लुङ र स्याङजा बीच प्रतिस्पर्धा रहने छ । महोत्सवको सांझ युवाहरुको ढुकढुकी लाहुरेको प्रस्तुतीले युवाहरुलाई मनोरन्जन प्रदान गरेका थिए । महोत्सवाम शनिवार लोक दोहोरी तर्फ कोमल वली हास्यब्यङग्यतर्फ पुर्खे बा र लाइभब्याण्ड तर्फ भीटेनको प्रस्तुती रहने छ । महोत्सवमा शुक्रबार १८ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवमा शुक्रबार १ करोडको कारोवार भएको छ ।