व्यापार मेलामा शनिबार सविन राई एण्ड ब्याण्डको प्रस्तुति


पोखरा – पोखरा उद्योग वाणिज्य संघले सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ को प्रवेश टिकटमा राखिएको बम्पर उपहारको घोषणामा सहभागि हुन सम्पूर्ण पोखरेलीहरुलाई आग्रह गरेको छ । मेला समापनको दिन मेलाको प्रवेशटिकटमध्ये एकजनालाई गोलाप्रथाद्धारा हुण्डाई कम्पनीको इवन गाडी उपहारको राखिएको छ । सो गाडीको बजार मूल्य १८ लाखभन्दा बढी रहेको छ ।

समापनको दिन पोखराका लब्ध प्रतिष्ठित व्यक्तित्व तथा संचारकर्मीहरुलाई सम्मिलित गराई खोलिने टिकट व्यवस्थापन उपसमिति संयोजक प्रेमबहादुर भुजेलले बताउनुभयो ।उहाँले आफ्नो टिकट सुरक्षित राख्न र मेलाअन्र्तगत राखिएका अन्य उपहार परे नपरेको जानकारी लिन समेत आग्रह गर्नुभयो ।

यता मेलाअन्तर्गत शुक्रबार करिब १० हजारजनाले टिकट नै काटेर मेलाको अवलोकन गरेका छन् । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीका अनुसार शुक्रबारसम्म करिब १ लाख ३० हजार जनाले मेलाको अवलोकन गरेका छन् भने करिब ८ करोडजतिको कारोवार भएको छ । मेलामा राखिएको मोवाइलका स्टलहरुले दिएको ‘एक्सचेञ्ज अफर तथा अटो स्टलहरुमा भएको गाडीको बिक्रीले यो तथ्याङ्क आएको उहाँको जिकिर छ ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्यले मेलाको आयोजना गरिएको हो । लगानीको सम्वद्र्धन उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप नै यो मेला प्रदेश नम्बर ४ को ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समर्पित मेला शान्तिपूर्ण रुपले अगाडि बढिरहेको मेलाका शान्ति सुरक्षा उपसमिति संयोजक किसान सुनारले बताउनुभयो ।

मेला उत्तरार्धतिर लम्कँदै गर्दा शनिबार हुने साँस्कृतिक कार्यक्रमलाई अझ परिस्कृत रुपले पस्कने जमर्को समेत गरिएको छ । शनिबार सविन राई एण्ड ब्याण्ड, राजनराज सिवाकोटी, मिलन अमात्यसहित हाँस्यव्यङ्ग्यका पल्पसा डंगोल ( चम्सुरी ) सुरवीर पण्डितको प्रस्तुति रहने छ । लोकदोहोहोरीतर्फ शनिबार प्रजापति पराजुली, पशुपति शर्मा, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, तारापति सुवेदी, दुर्गा गुरुङ, ज्योति लोहनी,केशव घिमिरेलगायतको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन दिने मेलाका साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले बताउनुभयो ।