नेपाल राष्ट्र बैकका गर्भनर डा चिरञ्जीवी नेपाल लन्डनमा


लन्डन ।  नेपाल राष्ट्र बैकका गर्भनर डा चिरञ्जीवी नेपाल लन्डन आई पुगेका छन्। गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा हुने नेपालमा सामूहिक लगानीसम्बन्धी एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न उनि लन्डन आएका हुन्।

एनआरएनले नेपालमा लगानी गर्दा नेपाल राष्ट्र बैंकले तोकेका केहि प्राबधानहरु पालाना गर्नु पर्ने चर्चा चलिरहेको बेला गर्भनरले लण्डन भ्रमण गरेका छन्। राष्ट्र बैंकलाई जानकारी नदिई लगानी गर्ने हो भने पछि त्यसको लाभ वा अन्य कुरामा समस्या आउँन सक्ने भन्दै सरकारी अधिकारीहरुले चिन्ता ब्यक्त गर्दै आएका छन्।

नेपाल ग्लोबल आईएमइ बैंकको बेलायत शाखाको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ।