युरोपबाट बाबुरामको प्रश्न:-कहाँ हिड्यौ ? सान्नानी कम्मर मर्काइ मर्काई


बार्सिलोना/ युरोपबाट पत्रकार तथा गायक बाबुराम भुसालले आफ्नो नयाँ गीत सार्बजनिक गरेका छन्। “परेली फर्काइ फर्काइ” बोलको गीत नयाँ बर्षको उपलक्ष्यमा सार्बजनिक गरेका हुन्।

हाल नर्वेमा रहदै अाएका गायक भुसालको आफ्नै शब्द तथा संगीतमा रहेको गीत शनिबार युट्युब मार्फत सार्बजनिक भएको छ।भिमफेदि गाइजका कलाकारहरु तथा मोडल सारा श्रेष्ठकाे अभिनय रहेको भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन्।

डायस्फोरामा रहेर पनि नेपाली संगीत प्रतिको लगावका कारण नयाँ गीत दर्शक स्रोताका लागि ल्याएको गायक भुसाल बताउँछन्। उनले भने,”आशा छ नयाँ गीतलाई सबैले मन पराउनु हुनेछ,अझ युरोप कै घर आँगनमा यसै गीतसँग उफ्रन मन छ।”

यसअघि बिभिन्न सांगीतिक कार्यक्रमको दौरानमा गायक भुसालले युरोपका बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति राखिसकेका छन्।