नेपाल पुलिस क्लब र थ्री स्टार क्लब उपाधिका लागि शनिबार भिड्दै


पोखरा – आहा गोल्डकपको दर्शकको फाईनल हेर्ने चाहना र क्लबले उपाधि उचाल्ने सपना शनिबार साकार हुदैै छ । फाईनलमा क्लब नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार मध्य एकले उपाधि उचाले धुनमा छन् । आहा राराको फाईनल यी दुबै पहिलो पटक भिड्न लागेका हुन् ।

यद्यपी आहाको संस्करणमा दुवैको प्रतिस्पर्धा भने तेस्रोे, छैटौ, सातौं र १३ औं सस्करणमा एकापसमा भईसकेको छ । चार सस्करणमा पुलिसले तीन पटक बाजी मारेको छ भने एक पटक थ्रीस्टारले जितेको छ । १६ औं सस्करणको उपाधि आफनो नाममा लेखाउँदै पाँचौ पटकको च्याम्पियन बन्ने अभियानमा थ्री स्टार र पुलिस छन् । दुवै पाँचौ उपाधिको खोजीमा रहेका पनि त्यसको लेखाजोखा भने शनिबार पोखरा रंगशालामा हुने छ ।

पुलिसले अधिकांश नयाँ खेलाडीलाई मैदानमा उतारेको छ । यु—१९ र यु—२३ का उमेरसमूह जसले नेपाली राष्ट्रिय लगाईसकेका छन् । तिनीहरुलाई मैदानमा उतार्दै खरो प्रतिस्पर्धीको रुपमा देखिएको छ । रुस्लान थ्री स्टारले नेपाली राष्ट्रिय टोलीको उपकप्तान विक्रम लामाको नेतृत्वमा राष्ट्रिय खेलाडी तथा अन्य व्यवसायिक खेलाडीलाई उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रिने छ ।

विश्वास श्रेष्ठ, निराजन खड्कालाई रोक्नुपर्ने चुनौति पुलिसका खेलाडी माथि छ । रवि पासवान, सुमन लामा र अभिषेक रिजालको कम्बिनेसनलाई विफल तुल्याउने योजना थ्री स्टारले बनाउने छ । थ्री स्टार फाईनलमा पुगेपछि अपराजित एक्लो टोली हो । त्यसैले शनिबारको फाईनल खेल जित्ने रणनीति सहित मैदान ओल्र्ने प्रशिक्षक मेघराज केसीले बताए । ‘फाईनलमा हारेका छैनौं । खेल त्यही रणनीति बनाएर खेल्छौं ।’ केसीले भने—‘डेढ वर्षपछि नयाँ टिम तयार पारेर आएका छौं । इटहरी गोल्डकप जितेर उत्साहित छौं ।

आठौं सस्करणको उपाधि उचालेपछि पोखराको मैदानमा पुलिस १६ औं सस्करणमा धरान फुटबल क्लबलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । ‘थ्री स्टार राम्रो टिम हो । फाईनल टप्स हुन्छ । फाईनल जहिले पनि ५०—५० हुन्छ ।’ नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले बताए ।

विजेता क्लबले नगद ७ लाख १ हजार नगद र उपाविजेताले ३ लाख ५१ हजार रुपैया ट्रफी र मेडल पाउने छ । त्यसै गरि उत्कृष्ठ खेलाडी, बेष्ट फाईभ र म्यान अफ दि म्याचको पुरस्कार पाउने छन् ।