एसियन कन्टिनेन्टल प्याराग्लाईडिङ च्याम्पिन्सिपमा सहभागी पाइलटद्धारा मार्चपास


पोखरा – आज सोमबारबाट सुरु हुने एसियन कन्टिनेन्टल प्याराग्लाईडिङ च्याम्पिन्सिपमा सहभागी हुने २२ देशका पाइलटले आइतबार पोखरामा मार्चपास गरेका छन् । पन्चे बाजा सहितको मार्चपासमा प्रतियोगीता सबै पाइलटले आआफ्नो देशको झण्डा लिएर सहभागिता जनाएका थिए ।

लेकसाइडको हल्लनचोकबाट सुरु भएको मार्चपास अम्बोटमा पुगेर समापन भएको थियो । प्याराग्लाईडिङको विश्वव्यापी संस्था फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनलको बार्षिक क्यालेन्डर बमोजिम फेब्रोअरी ५ देखि फेब्रोअरी ९ सम्म पोखराको सरान्कोटमा एसिएन कन्टिनेन्टल प्याराग्लाईडिङ टुर हुन लागेको हो ।

नेपाल हवाइ स्पोर्ट्स एसोसिएन, नेपाल प्याराग्लाईडिङ पाइलट क्लब र एसिएन कन्टिनेन्टल प्याराग्लाईडिङ एसोसिएनको प्राबिधिक सहयोगमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा एसियाका नेपाल सहित २२ राष्ट्रका १५० खेलाडीले सहभागिता जनाउने र एफ ए आइको मापदण्ड पुरा गरेका अन्य खेलाडीले समेत भाग लिएका छन् । प्याराग्लाईडिङ खेल साहसिक भएको र त्यो संगै सुरक्षाको हिसाबले अत्यन्तै चनाखो भएर प्रतियोगिता संचालन गर्नुपर्ने हुँदा सबै सुरक्षा निकाए, रेस्क्यु टिम, हेलिकप्टर र एम्बुलेन्स प्रतियोगिता अबधि भर तयारी अबस्थामा रहने आयोजकले जनाएको छ ।

५ दिन सम्म चल्ने प्रतियोगितामा एफ ए आइ को जुरी कमिटीले ५ वोटा छुट्टाछुट्टै टास्क दिने छ र पाँचै दिनको टास्क सबै भन्दा छिटो पुरागर्ने खेलाडीले प्रतियोगिताको उपाधि पाउनेछन साथै उत्कृस्ट पाइलटको एफएआइको र्यांक नम्बर समेत बढ्ने छ । ओभरल च्यम्पिएन, स्पोर्ट्स क्याटेगोरी र उमन्स क्याटेगोरीमा उत्कृस्ट खेलाडी छानिनेछ भने आयोजकको पहलमा नेपाल च्यम्पिएन र टिम च्याम्पियन छानिने छ । अफ ए आइ क्याटोगरि टु अन्तर्गत एस अघि १७ पटक नेपाल ओपन प्याराग्लिदिंग च्यम्पिएन शिप आयोजना भैसकेको छ भने २ पटक प्याराग्लिदिंगको प्रि वल्ड कप संचालन भैसकेको छ ।