स्कुल भवन थपे पछि आईनाले भनिन्:-“नयाँ बच्चा जन्माएको अनुभव गरेकी छु।”


बसन्त रानाभाट,बार्सिलोना

“आज मैले नयाँ बच्चा जन्माएको अनुभव गरिरहेकी छु। लामो समयको प्रतिक्षा पछि आँफूले देखेको सपना पूरा भएको महशुस गरेकी छु।” स्पेनबाट १९ बर्षको उमेरमा नै नेपाल पुगेर “आशा बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र” खोलेकी आईना बार्काले ५ बर्ष पछि यस्तो अनुभव सुनाईन्।

मकवानपुरको हेटौडा नगरपालिका -६ गौरीटारमा तिन जना सुस्तमनस्थिति वा बौद्धिक अपाङ्गता भएका  बालबालिकाहरुबाट सुरु भएको स्कुलमा नयाँ भवन थपिएको छ। झन्डै ९० लाख रुपैयाँको लागतमा बालबालिकाहरुको लागि फ्यामिलिया दि हेटौडा गैर सरकारी संस्थाले नयाँ भवन थपेको हो।”म बिश्वास नै गर्न सक्दिन पाँच बर्ष बितिसकेछ,यहाँहरु कै सहयोग र प्रेरेणाले काम गर्ने हौसला मिलिरहेको छ। ५ जना बालबालिकाहरुलाई राखेर स्कुल सुरुवात गर्यौ,आज नै ९ जना बालबालिकाहरु थपिए,अहिले ३५ जना पुगिसकेका छन्। अब नयाँ भवन पछि झन्डै ५५ जनालाई पढाउँन सक्छौ।” उनले सुनाईन्।

स्पेनमा बिभिन्न कार्यक्रमहरुबाट रकम जुटाउँदै तथा दाताहरुको सहयोगमा भवन निर्माण भएको हो। संस्थाले पाँचौ बार्षिकोत्सव कार्यक्रमबाट पनि बार्सीलोनामा ४ लाख रुपैयाँ संकलन गरेको थियो। भबनका लागि रकम जुटाउँन दुई बर्ष संघर्ष गरे,अझै २० लाख रुपैयाँ अपुग छ तर नयाँ बालबालिकाहरुलाई स्कुलमा बाटो खुलिसकेको छ धेरै नै खुशी छु।”नयाँ भवन बनेपछि बालबालिकाहरु सहित अभिभावक,स्थानीयहरुले सोमबार एक कार्यक्रमको आयोजना गर्दै खुशियाली बनाएका छन्। गैर आबासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा बालबालिकाहरुका लागि स्कुल बसको समेत सुबिधा रहेको छ।

छुट्टी मनाउन सात बर्ष अघि नेपाल पुगेकी स्पेनिस युवती आईनाले नेपालमा बसेर बालबालिकाहरुसँगै समय बिताईरहेकी छन्।