राजदूत रायमाझी र स्पेनका परराष्ट्र अधिकारीहरुबीच भेटबार्ता


बार्सिलोना/ स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीले परराष्ट्र अधिकारीहरुसँग भेटबार्ता गरेका छन्। स्पेनको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया,प्यासिफिक तथा उत्तर अमेरिका क्षेत्र हेर्ने महानिर्देशक फिडेल सेन्ड्रागोर्ता लगायतको टिमसँग उनले बिहिबार म्याड्रिडमा भेटबार्ता गरेका हुन्।

नेपाल स्पेनको कुटनीतिक तथा दुईपक्षीय सम्बन्धलाई अझ प्रगाढ पार्ने बिषयमा स्पेनका परराष्ट्र अधिकारीहरुसँग राजदूत रायमाझीले छलफल गरेका छन्। भेटबार्ता पछि राजदूत रायमाझीले नेपालीनेपाली डटकमलाई भने,”दुई मुलुकको हितका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा नै छलफल केन्द्रित भयो। पर्यटन,ब्यापार,लगानी तथा दुईपक्षिय सहयोगको बिषयमा मिलेर अघि बढ्ने कुरामा नै जोड दिईयो।”

स्पेनका लागि पहिलो नेपाली राजदूतका रुपमा म्याड्रिड आए पछि रायमाझीले गरेको यो उच्चस्तरीय भेटबार्ता हो। गत साता मात्र ओहोदाको प्रमाणपत्रको कपी परराष्ट्र मन्त्रालयमा बुझाएका राजदूत रायमाझीले भेटबार्ता गर्न सुरुवात गरेका छन्। उनले भने,”हामी भर्खर दूताबास स्थापनाको चरणमा छौ,पहिलो चरणमा कुटनीतिक सम्बन्धलाई प्रगाढ पार्नु नै पहिलो प्राथमिकतामा रहन्छ।”

राजदूत रायमाझीले स्पेनका राजा फेलिपे छैटौं समक्ष ओहदाको प्रमाणपत्र पेश गर्न भने बाँकी नै छ।  जनवरी अन्तिम साता स्पेन आईपुगे पनि अझै दूताबास भवन तथा निबासको टुङ्गो भने लागेको छैन। दूताबासमा आउने कर्मचारीको समेत भिसा प्रक्रिया पुरा भएकोले छिट्टै दूताबास भवन सहित नियमित सेवामा लाग्ने प्रतिबद्दता भने राजदूत रायमाझीले गरेका छन्।

भेटबार्ताको क्रममा गैर आबासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका उपसंयोजक एकराज गिरी समेत सहभागी