अन्तर लायन्स फुटवल प्रतियोगिताको उपाधि लायन्स क्लव अफ हेम्जालाई


पोखरा – लायन्स क्लव अफ हेम्जाले अन्तर लायन्स ऐट ए फुटवल प्रतियोगिताको उपाधि जितेको छ । लायन्स क्लव अफ पोखरा डाउन टाउनले आयोजना गरेको प्रतियोगिताको मंगलवार पुरानो टुँडिखेलको खेलमैदानमा भएको फाईनल खेलमा लायन्स क्लव अफ माछापुच्छ«ेलाई ६–० गोल अन्तरले पराजित गरेर उपाधि जितेको हो ।

विजेता टिमले नगद ५५ हजार ५ सय ५५, ट्रफी तथा प्रमाणपत्र प्रात्त गरे । उपविजेता भएको माछापुच्छ«ले नगद ३३ हजार ३ सय ३३ तथा ट्रफी पाए । विजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका अतिथि प्रदेस सांसद रामजीप्रसाद वराल तथा विशिष्ट अतिथि लायन्स डिष्ट्रिक ३२५ वि १ का गर्भनर धनराज आचार्यले पुरस्कार वितरण गरे । कार्यक्रममा वोल्दै सांसद वरालले प्रतियोगिताले लायन्स क्लवहरु विचको सम्वन्ध प्रगाढ वनाउने र स्वास्थ्यको लागि खेलकुद उपयोगि रहेको विचार राखे ।

क्लवका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा डिष्ट्रिक गर्भनर धनराज आचार्य, क्लस्टर नं ३ का प्रमुख रामचन्द्र पोखरेल, रिजन चियर पर्सन मिलन थापा, प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, क्लवका संस्थापक अध्यक्ष प्रमोद लामिछाने र क्लवका प्रथम उपाध्यक्ष तथा प्रतियोगिता संयोजक भानुभक्त अधिकारीले पनि भनाई राखे । प्रतियोगितामा डिष्ट्रिक अन्तर्गतका १६ वटा क्लवहरुको सहभागिता जनाएका थिए ।