नेपाल विश्वकप छनोटमा प्रवेश, करण बने नायक,


काठमाडौँ — विश्व क्रिकेट लिग डिभिजन २ को लिग चरण अन्तर्गत अन्तिम खेलमा क्यानाडालाई १ विकेटले पराजित गर्दै नेपालले आईसीसी विश्वकप छनोटमा स्थान बनाएको छ।

 

क्यानाडाले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य नेपालले ९ विकेट गुमाउँदै अन्तिम बलमा प्राप्त गर्यो।
करण केसीले ३१ बलमा नटआउट ४२ रन प्रहार गरेपछि नेपाल जितसम्म पुगेको थियो। सन्दीप लामिछाने ५ रनमा नटआउट रहे।
नेपालका लागि ओपनर दिलीप नाथले ४१ तथा आरिफ शेखले २६ र रोहित कुमार पौडेलले २७ रन बनाए।
त्यसअघि स्रिमान्था विजरत्नेले नटआउट १ सय ३ रन प्रहार गरेपछि क्यानाडाले ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९४ रन जोडेको थियो।