‘रन फर फनका’ लागि पोखरा रंगशालामा तीन हजार भन्दा बढी एकै साथ दौडने


पोखरा – फागुन ७ गते पोखरामा आयोजना हुने ‘१२ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा’ तीन हजार भन्दा बढी ‘रन फर फनका’ लागि पोखरा रंगशालामा एकै साथ दौडने भएका छन् । प्रतियोगिता बारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा पोखरा म्याराथनको आयोजक भूतपुर्ब खेलाडी मंच नेपालले यसको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । पोखराको प्रतिष्ठित खेलको रुपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उधोगको उत्पादन सफल दुधले दुई वर्ष देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ ।

प्रतियोगिता बारे जानकारी दिंदै मंचका अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनमा २५ जना, १० किमी महिलामा २५ जना, १० किमी पुरुषमा ७५ जना, ५ किमि छात्रमा १ सय ८० जना, ५ किमी छात्रामा १ सय जनाले शुक्रबार सम्म नाम दर्ता गराइसकेको बताए । यसै गरि ४ सय मी.ह्विल चेयर पुरुष, १ ससय मी. ह्विल चेयर महिला र १ सय मी. दृष्टिविहिन दौड हुने छ ।

पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादुर जिसीले प्रतियोगितालाई थप ब्यवस्थित बनाउन योजनाबद्ध तवरले काम थाल्ने बताए । पोखरा रंगशालाबाट सुरुहुने ४२.१ किमीको म्याराथन दौड विरौटा चोक (तल्लो), राष्ट्रवैंक चोक सहिदचोक, बशुन्धरा पार्क, हल्लनचोक, जिरो किमी, सिम्पानी चोक, भिमकालीपाटन चोक, महेन्द्रपुल, विपी चोक, नयाँ सडक, सभागृह चोक, पृथ्वी चोक, नयाँ बजार महेन्द्रपुल, रानीपौवा, पुरानो धारा, गौडामुख, भद्रकाली चोक, मियाँपाटन चोक, वि.पि. मार्ग, के.एम.ए चोक, चाउथे डि.आर पेट्रोलपम्प, चाउथे चोक, गलेश्वर चोक, रामेश्वर मा.वि., मझेरीपाटन चोक, निराजन चोक, फुलबारी होटल चोक, ढुङ्गेसाँघु चोक, महतगौडा चोक, हनुमान चोक, अन्तर्राष्ट्रिय म्युजियम, घारीपाटन बिरौटा चोक (माथिल्लो), राधा कृष्णा मन्दिर, नयाँ गाउँ (सेन्ट मेरिज स्कूल चोक), बन क्याम्पस, नयाँ एयरपोर्ट, कालिका क्याम्पस गेट, भारतिय पेन्सन क्याम गेट, तमु धीं यू.के. गेट पोखरा रंगशाला हुदै रंगशालामा पुगेर समापन हुनेछ ।

यसै गरि १० किलोमिटरको दौड पोखरा रंगशालाबाट सुरु भई विरौटा चोक (तल्लो), राष्ट्रवैंक चोक सहिदचोक, बशुन्धरा पार्क, हल्लनचोक, जिरो किमी, सृजनाचोक, सभागृह चोक, पृथ्वीचोक हुँदै रंगशालामा पुगेर समापन हुनेछ भने ५ कि.मी. दौड रंगशालाबाट सुरुभई पृथ्वीचोक, एअरपोर्ट हर्कचोकबाट दाहिने हुँदै जनप्रिय क्याम्पस, रत्नचोक, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक, रंगशालागेट हुँदै रंगशालामा समापन हुनेछ ।

पोखरा म्याराथनमा प्रथम हुनेले नगद ७० हजार दोश्रोले ४५ हजार र तेश्रोले ३० हजार चौथोले सान्त्वना रुवस्प नगद ५ हजार प्राप्त गर्ने छन । १० कि.मी. पुरुष–महिला दौडमा प्रथमले १५ दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगद प्राप्त गर्ने छन । यसै गरि ५ किलोमिटर छात्र–छात्रा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ४ हजार प्राप्त गर्ने मंचले जनाएको छ । प्रतियोगितामा ४ सय मीटर ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन दौडमा विजेता प्रथम, दोश्रो र तेश्रोले क्रमश नगद ५, ३ र २ हजार पाउने छन् ।