विहानी सहकारीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न


पोखरा । श्री बिहानी वचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा अन्नपुर्ण वाल तथा महिला अस्पतालको प्राविधिक सहयोग र नगर स्वास्थ्य केन्द्र वडा नं. १५ कास्कीको सहयोगमा एक दिने निशुल्क स्वास्थ्य परिक्षण सोमबार सम्पन्न भयो ।

अन्नपुर्ण वाल तथा महिला हस्पिटलका कार्डियोलोजिष्ट डा. आशिष त्रिपाठीले कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कृष्ण थापाको स्वास्थ्य जाँच गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

विहान ८ वजेदेखि साँझ ५ वजेसम्म संचालित उक्त शिविरमा हाडजोर्नि तथा नशा सम्बन्धि डा. आर्जन केसी, जनरल फिजिसियनहरु डा. अमृत पोखरेल र रोशन कुँवर, स्त्री रोग सम्बन्धि डा. जुना खड्काले विरामीहरुको स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा सुगर, प्रेसर, ईसिजि तथा निशुल्क औषधि वितरण गरिएको थियो । मेडिकल रिप्रीजेन्टेटिभ अर्जुन गिरीलगाएतको टिमले निशुल्क औषधि उपलब्ध गराएका थिए ।

सो अवसरमा वडा नं. १५, १०, १३, १४ का स्थानिय वासिन्दा, सहकारीका शेयर सदस्य तथा सर्वसाधारण गरी ३ सय भन्दा बढि विरामीहरुले स्वास्थ्य जाँच गरेका थिए ।

साथै अन्नपुर्ण हस्पिटलका व्यवस्थापक भरत कोईराला, मेट्रोन आरति अधिकारी, स्टाफ नर्स समिता पराजुली र वर्षा शाहीले प्राविधिक सहयोग गरेका थिए ।

सो अवसरमा वडा नं. १५ का अध्यक्ष प्रकाश पौडेल, डा. आशिष त्रिपाठी, श्री विहानी सहकारीका प्रमुख कार्यकारी अधिकृत पदमलाल अधिकारीलगाएले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक प्रेम गिरीले स्वागत, उपाध्यक्ष धर्मराज भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए भने सचिव किरण पोखरेलले संचालन गरेका थिए ।