मड्रिड र काठमाडौ महानगरपालिका बिच भगिनी सम्बन्ध बिस्तार हुँदै


स्पेनका लागि नेपाली राजदूत (बाँया), मड्रिड नगरका उपमेयर लुईस कुएदो (दायाँ)

बसन्त रानाभाट,बार्सिलोना

स्पेनको मड्रिड महानगरपालिका र काठमाडौ महानगरपालिका बिच भगिनी सम्बन्ध बिस्तार हुने भएको छ। मड्रिड नगरका उपमेयर लुईस कुएदो लगातयको एक उच्चस्तरीय टोलीले नेपालको भ्रमणको क्रममा दुई पक्षबिच सम्झौता हुन लागेको हो।  काठमाडौं महानगरपालिकाको निमन्त्रणामा स्पेनको टोलीले फेब्रुअरी अन्तिम साता ५ दिने नेपाल भम्रण गर्दै छ।

उपमेयर सहित बिभिन्न क्षेत्रका १५ देखि २० जना सम्मको टोलीले नेपाल भ्रमण गर्ने  स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीले बताए। उनले भने,” काठमाडौ मेयरको प्रस्तावमा दुई नगर बीच भगिनी सम्बन्ध स्थापित हुँदै छ। टोलीले नेपालको बाताबरण,प्रबिधि,खेलकुद,लगानी, पर्यटन र प्रविधिको विषयमा छलफल तथा अध्ययन गर्ने छ।  

यस अघि काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गत सेक्टेम्बरमा मड्रिडको भम्रण गर्दै भगिनी सम्बन्ध बिस्तारका लागि प्रस्ताव गरेका थिए। मेयर शाक्यको प्रस्ताव अनुसार नै दुई नगर बिच दुई साता पछि भगिनी सम्बन्ध बिस्तार पत्रमा हस्ताक्षर हुने छ।

स्पेनको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चस्तरीय भेटबार्ता गर्ने निश्चित भएको छ। स्पेनको भ्रमण टोलिमा यातायात,बाताबरण,खेलकुद,पर्यटन,प्रबिधि लगायतका क्षेत्रमा काम गरेका बिज्ञहरु सहभागी हुने भएका छन्।