निलगीरी वचत तथा ऋण सहकारी संस्था भवन प्रदेश प्रमुखद्धारा उद्घाटन


पोखरा – पोखरा लेखनाथ महानगरपालिका वडा नं.१७ विरौटामा निलगीरी वचत तथा ऋण सहकारी संस्थाले लगभग सात करोडको लागतमा १५ कोठे पक्कि कार्यालय भवन निर्माण सम्पन्न गरेको छ । कास्की जिल्लालाई कार्यक्षत्र बनाएर विगत २० बर्ष अघिदेखि संचालनमा आएको सस्थाको नवनिर्मित भवन प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले एक कार्यक्रमका बीच आज उद्घाटन गर्नुभयो ।

नेपालमा सानो पुँजीको संकलन तथा उपयोगको उदेश्यका साथ संचालीत सहकारीहरुले सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको उहाँले बताउनु भयो । कानून भन्दा कोही पनि व्यक्ति माथि नहुने बताउँदै उहाँले आफुलाई कानूनको दायरामा राखि कृयाशिल सहकारीहरु राम्रोसंग संचालित भइरहेको उल्लेख गर्नुभयो ।

२० बर्षअघि स्थानीय युवाको समृयता ३० जनाबाट शुरु गरिएको सहकारीमा हाल छ करोड २८ लाख चुक्ता पुँजी र ४६ करोड कारोवार रहेको संस्थामा ६०८ जना शेयर सदस्य रहेको अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवराीले सामाजिक दायित्व पुरा गर्दै आएका सहकारीहरुले अब जिल्लाको पहिचान दिने खालको रणनीति बनाएर अगाडि बढनु पर्ने बताउनु भयो ।

जिल्ला वचत संघ कास्कीका अध्यक्ष सुदिप ढकालले मुलुकका ३४ हजार सहकारी संस्थामा ६५ लाख भन्दा वढी शेयर सदस्य आवद्ध रहेको बताउँदै ५० अर्व भन्दा बढीको बारोवार गर्दै आएको संस्था अन्तर्गत ६५ हजार जनाले प्रत्येक्ष रोजागार प्राप्त गरेको जानकारी दिनु भयो ।

२०५५ सालमा राष्ट्रिय बाणिज्य बैक विरौटा शाखा बन्द भएपछि आर्थिक कारोबार गर्ने उदेश्यका साथ स्थापना भई संचालनमा आएको संस्थाले प्राप्त गरेको सही नेतृत्वका कारण सफलता प्राप्त गरेको संस्थापक अध्यक्ष ज्ञानेन्द्रराज पौडेलले जानकारी दिनुभयो । कार्यक्रमा संस्थाका निवर्तमान अध्यक्ष कालीदास पौडेल,उपाध्यक्ष लेखनाथ बराल सचिव रविप्रसाद बराल लगायतले सहकारीले कृषि र जडिबुटी विषयक शैक्षिक संस्था स्थापनाका लागि अध्ययन गरिरहेको बताउनु भयो ।