भ्यालेन्टाइन डे मा फेसन सो


राजाराम पौडेल,पोखरा- पोखरा लेकसाइडको ओजन रेष्टुरेन्ट एण्ड लाउञ्ज बारमा दोस्रो संस्करणको भ्यालेन्टाइन स्पेशल फेसन सोे भयो । फेसन सो मा सुस्मिता पुन र सौरभ थापाको कोरियोग्राफिमा पोखराका ८ जना पुरुष मोडल र ८ जना महिला मोडल ¥याम्पमा उत्रीए ।

आर्कषक गेटअपममा विभिन्न सिक्वेन्स मार्फत मनिषा, सानया, अनुजा, अस्मि, शितल, सुस्मा, मिना, सोनिक्क्षा, सोनोमो, सिमोन, आर्दश, विकु, सुमिन, कुशल, अनिमेश, अंकीत, सुजन ¥याम्पमा देखिदा उपस्थित दर्शक रमाए । मोडलहरुको प्रस्तुतीलाई दमदार बनाउन कोरियोग्राफरले गरेको मेहनत दर्शकले रुचाए । इशा शाह र प्रकृति श्रेष्ठ सो टपरको रुपमा देखिए ।


कार्यक्रमको थप आर्कषणमा डान्स, म्युजिक गेम्स रह्यो । संगीतको तालमा रम्दै रेष्टुरेन्टमा पाइने परिकारको स्वाद लिदै भ्यालेन्टाइन डे को मज्जा लिनेहरु तहाँ थिए । द लुप इन्टरटेनमेन्टको व्यवस्थापनमा कार्यक्रम भएको हो ।