केकी अधिकारीलाई ‘लाग्छ शून्य आजकल’ सागर शाहको


पोखरा । पर्यटकिय नगरी पोखरा र इलामको चियाबारीमा छायाङ्कन गरिएको तथा नेपाली चलचित्रकी चर्चित अभिनेतृ केकी अधिकारी र एन. जे. सागर शाहले अभिनय गरेका ‘लाग्छ शुन्य आजकल’ सार्वजनिक गरिएकोे छ ।

कास्कीको ह्याङ्जाकोटका शिव गुरुङको ‘लाग्छ शून्य आजकल’ शीर्षकको आधुनिक गीतलाई हाईलाईट्स नेपालले युटुव मार्फत मंगलबारदेखि विश्वव्यापी रुपमा सार्वजनिक गरेको हो ।

अमेरिकामा व्यवसाय गर्दै आएका गुरुङले नेपालको छोटो वसाईको सदुपयोग गर्दै गत महिना उक्त गित रेकर्डिङ गराएका थिए । साउदी अरब हुँदै अमेरिका पुगेका गुरुङले हाल सुपरमार्केट सञ्चालन गर्दै आएका छन्।

ऋषभ फिल्मस्को व्यानरमा निर्मित गीतको भिडियोमा गीतकार महेन्द्र घिमिरे ‘विवश’को शब्द, एन.जे. सागर शाहको संगीत रहेको छ भने भिडियोको निर्देशन नेत्र गुरुङ गरेका छन्। राजेश विष्टको एरेन्ज रहेको गीतको मिक्सिङ तथा रेकडिष्टमा सिजन बज्राचार्य रहेका छन्।

म्युजिक भिडियोमा राजेन्द्र अधिकारी ‘अपुर्ण’, अस्मिता बराल, लक्ष गुरुङ, प्रविण पुन, अमित गुरुङ लगाएतले अभिनय गरेका छन् ।