बार्सिलोना लिगाको उपाधि नजिक


बार्सिलोना/एथ्लेटिको मड्रिडलाई १-० ले पराजित गर्दै बार्सिलोना लिगाको उपाधि नजिक पुगेको छ।  लिओनल मेस्सीको उत्कृष्ट फ्रि किक गोलसँगै बार्सिलोनाले ला लिगाको महत्वपूर्ण खेलमा एथ्लेटिको मड्रिडलाई आईतबार हराएको हो ।

जितसँगै बार्सिलोनाले ११ खेल खेल्न बाँकी छँदा ८ अंकको अग्रता कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिकोलाई १–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले फ्रि किकमा उत्कृष्ट गोल गरेका थिए ।

खेलमा थप गोल हुन सकेन र बार्सिलोना विजयी भएको छ । जितसँगै बार्सिलोनाको २६ खेलबाट ६६ अंक भएको छ भने एथ्लेटिकोको समान खेलबाट ६१ अंक छ ।