अन्तराष्ट्रिय महिला दिवसकाे दिन “उमन कन्सर्ट”मा पाेखरा घन्कदै


राजाराम पाैडेल,पाेखरा – १०८ औ अन्तराष्ट्रिय महिला दिवसकाे अवसरमा पाेखरामा कन्सर्ट हुने भएकाे छ । फागुन २४ गते (मार्च ८) का दिन पोखराको अमरसिहको खुला चौरमा हुने उमेन ईन कन्सर्टकाे तयारी पुरा भएकाे छ । बिगत ८ बर्षदेखी काठमाण्डौमा हुदैआईरहेको यो सांगितिक कार्यक्रम यसपाली पोखरा सहित बिर्तामोड, बुटवल र धरानमा हुने गरि ४ स्थानमा आयोजना गरिएको अायाेजकले जनाए ।

निर्भया फाउण्डेशनको आयोजना तथा स्विजरल्याण्ड राजदुताबास र टर्किस एयरलाईन्सको प्रायोजनमा पोखरामा पहिलाेपटक आयाेजना गरिएकाे कार्यक्रमलाई भव्य बनाउने तयारी आयाेजककाे छ । अभया एण्ड द स्टिम ईन्जिन्स सँगै स्थानिय युवतिहरुले व्यबस्थापनको जिम्मा सम्हालेको यस सांगितिक कार्यक्रममा अभया एण्ड द स्टिम ईन्जिन्स (काठमाण्डौ), द रक स्टेरियो (पोखरा), द ड्रिमर्ज (पोखरा), हाउस अफ होप (काठमाण्डौ) र छिरिङ एण्ड द ब्यान्ड (काठमाण्डौ) सहित ५ ब्याण्डले आफ्नो साँगीतिक प्रस्तुती मार्फत पाेखरा घन्काउनेछन् । नेपाली महिला सांगीतिक समुहलाई अग्रसर गराउन तथा पोखराको आसपासमा रहेको युवा युवतीहरुलाई महिला हिंसा न्युनिकरण गर्न र जनचेतना फैलाउने उदेश्यले पोखरा गर्न लागेकाे आयोजकको दावी छ ।

बिहिबार दिउँसो ३ बजेदेखी साँझ ७ बजेसम्म सन्चालन हुने यो साँगीतिक कार्यक्रको उद्घोषण पूर्व मिस नेपाल माल्भिका सुब्बाले गर्नेछिन् ।