सभामुखको उम्मेदवार छनोट गर्न माओवादी केन्द्रमा सकस


काठमाडौं – नेकपा माओवादी केन्द्रलाई सभामुखको उम्मेदवार छनोट गर्न सकस परेको छ । पार्टीभित्र आधा दर्जन नेताले सभामुख बन्न इच्छा देखाउँदै लबिङसमेत थालेका छन् ।

आकांक्षी धेरै भएसँगै सभामुख छनोट र नेताहरूको व्यवस्थापन गर्न माओवादीलाई अप्ठ्यारो परेको हो । केही समयअगाडि गृहमन्त्री चयन गर्न ठूलो सकसमा फसेको माओवादी केन्द्रलाई सभामुख उम्मेदवार चयन गर्न पनि उस्तै हम्मे परेको हो ।

शनिबार बस्ने संघीय संसद्को बैठकले प्रतिनिधिसभाको सभामुख चयन गर्नेछ । एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति र सभामुख एकएक पार्टीले बाँडफाँट गरेकाले सभामुख माओवादीको भागमा परेको छ ।

गठबन्धनका कारण वाम गठबन्धनका उम्मेदवार नै सभामुख बन्ने निश्चितजस्तै छ । आजको राजधानी दैनिकमा खबर छ ।

– नेता कृष्णबहादुर महराले सभामुखका लागि दाबी गर्दै आएका छन् । उनले सभामुख बन्न लबिङलाई समेत तीव्र बनाएर लगेका छन् ।

– निवर्तमान सभामुख ओनसरी घर्तीले पनि दोहोरिने इच्छा देखाएकी छन् । उनले पूरा कार्यकाल पदमा बस्न नपाएको भन्दै पुनः दोहोरिने इच्छा प्रकट गरेकी छन् । घर्तीलाई सभामुख बनाउन उनका श्रीमान् वर्षमान पुन पनि चर्को लबिङमा छन् ।

– सचिवालय सदस्य गिरिराजमणी पोखरेलले पनि इच्छा देखाएका छन् । पार्टी वरिष्ठ नेता नारायणकाजी समूहका पोखरेलले मन्त्रीभन्दा पनि सभामुखमा बढी चासो देखाएको बताइएको छ ।

– अर्का पार्टी सचिवालय सदस्य देव गुरुङले पनि सभामुखमा दाबी गरेका छन् । कानुनका ज्ञाता मानिने गुरुङको दाबीसमेत महŒवपूर्ण रहेको पार्टीभित्र चर्चा छ ।

– पार्टी सचिवालय सदस्य अग्नि सापकोटालेखराज भट्टले पनि सभामुखको दाबी गर्दै आएका छन् । एक नेताका अनुसार महरा, गुरुङ र घर्तीमध्ये एक जनासभामुख हुनेछन् ।

पार्टी प्रवक्ता पम्फा भुसालले आजभोलि नै पार्टीको बैठक बसेर सभामुख उम्मेदवार छनोट गर्ने बताइन् ।