अन्तराष्ट्रिय पर्वत समाजद्वारा संरक्षक र सल्लाहकार मनोनित


  • विशन क्षेत्री

पर्वतेलीलाई एकीकृतको अभियानको लागि गठित अन्तराष्ट्रिय पर्वत समाजले समितिमा संरक्षक तथा सल्लाहकार थप गरेको छ । समाजको केही दिनअघि बसेको स्काईप बैठकले समितिमा संरक्षक र सल्लाहकार समेत मनोनित गरेको छ । संस्थालाई दिगो बनाउने विषयमा समितिले गरेको छलफल पश्चात प्रमुख संरक्षकमा हितकाजी गुरुङ, युकेलाई मनोनित गरिएको हो । यस्तै, अन्य संरक्षकमा भने कुल आचार्य र रवि लामिछाने युके, अर्जुन कुमार श्रेष्ठ, गोविन्द सुवेदी र सुवास जोशी बेल्जियम, दुर्गाप्रसाद श्रेष्ठ अमेरिका, महेश श्रेष्ठ जापान रहेका छन् । मध्यपूर्वी क्षेत्रबाट भने एकजना पछि मनोनित गरिने संस्थाका महासचिव गुणराज शर्मा जानकारी दिए ।
 समाजको सल्लाहकारमा स्पेनबाट पुष्प तिमिल्सिना, गंगा भुषाल र शितल भुर्तेल, रसियाबाट गोविन्द प्रसाद गौतम र रामेश्वर गौतम, नेदरल्याण्डबाट ठाकुरप्रसाद शर्मा र प्रेमकाजी गुरुङ, स्विडेनबाट अर्जुन श्रेष्ठ, डेनमार्कबाट यामलाल सुवेदी, लक्जम्वर्गबाट नारायण गुरुङ, फ्रान्सबाट एकबहादुर मल्ल र सुवर्ण हमाल, स्विट्जरल्याण्डबाट हिराबल गुरुङ, बेल्जियमबाट सुरेन्द्र भुषाल र कृष्ण तिवारी, केदार जोशी, खड्क केसी, श्रीप्रसाद गुरुङ, मेख गुरुङलाई मनोनित गरिएको छ । यस्तै सल्लाहकारमा ग्याम गुरुङ, युके, ओम गुरुङ र नारायण सुवेदी जापान, विद्या गुरुङ र सन्तोष गुरुङ हङकङ, हरिओम प्रधान, आरके भण्डारी र रुद्रबहादुर गुरुङ अमेरिका, दिनेश तिमिल्सिना अष्ट्रिया रहेका छन् । मध्यपूर्व क्षेत्रबाट भने केही दिनमा सल्लाहकार मनोनित गरिने जनाईएको छ ।

बैठकले कार्यसमितिमा सदस्य थप्ने समेत निर्णय गरेको छ । समितिले सक्रिय रुपमा सहभागी हुने व्यक्ति तथा संस्थागत रुपमा कुनै पनि देशका पर्वत समाजका महासचिवलाई पदेन सदस्य राख्ने निर्णय गरेको हो । समितिका नयाँ सदस्यहरुमा बेल्जियमबाट किरन पुन, र रुद्र लम्साल नेदरल्याण्डबाट विष्णुप्रसाद पोखरेल, बेलायतबाट भरत पौडेल, कतारबाट रघु शर्मा, युएईबाट कमल लामिछाने र साउदीबाट नारायण शर्मा पौडेल रहेका छन्, भने पोर्चुगलबाट भिमबहादुर क्षेत्री लाई मनोनित गरिएको छ  ।

अमेरिका क्षेत्रमा रिक्त रहेका उपाध्यक्षमा गोविन्द पौडेललाई तोकिएको छ । रिक्त पदपूर्तिको लागि समितिले अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरण गिरीलाई जिम्मेवारी दिएको थियो ।