फ्यानसँग नाच्न शाहरुख खान नेपाल आउने


बलिउड सुपरस्टार शाहरुख खान आफ्ना नेपाली फ्यानसँग कम्मर मर्काउँदै नाच्न नेपाल आउने भएका छन् ।

उनी ब्राण्ड एम्बासडर रहेको नेरोल्याक पेन्ट्सको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

दशैं तिहारलाई लक्षित गरि नेरोल्याक पेन्ट्सले ‘डान्स विथ डन’ अफर सार्वजनिक गरेको छ जसका बिजेताहरुले तिहार आसपासमा हुने कार्यक्रममा खानसँगै कम्मर मर्काउन पाउनेछन् ।

अफर सार्वजनिक गर्दै नेरोल्याक पेन्ट्सका नेपाल प्रमुख सत्य प्रकाशले भने- शाहरुख पहिलोपटक नेपाल आउँदैछन् ।’ दशैंपछि अर्थात कार्तिक महिनामा हुने कार्यक्रमका लागि शाहरूख नेपाल अाउनेछन ।

यस योजना अन्र्तगत प्रत्येक २५ हजार रुपैयाँको पेन्टस् खरिदमा एउटा स्क्य्राच कार्ड प्राप्त गर्न सकिने छ । यस कार्डलाई स्क्य्राच गरी  एलइडी टीभी, पि्रज, मोबाइल, घडी तथा शाहरुख खानको हस्ताक्षर भएको पेनहरु प्राप्त गर्न सकिने छ ।