चलचित्र “शत्रु गते” यहि चैत्र ९ गते बाट देशभर प्रर्दशन हुदै


पोखरा – महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ द्घारा अभिनित चलचित्र “शत्रु गते” यहि चैत्र ९ गते बाट देशभर प्रर्दशन हुदैछ । यसअघि जात्रा निर्देशन गरेका निर्देशक प्रदिप भट्टराईको निर्देशनमा बनेको उक्त चलचित्र विशुद्घ सामाजिक ,पारिवारिक र मनोरञ्जनात्मक सिनेमा भएको निर्माण पक्षले बताएको छ ।

पोखरामा  चलचित्र पत्रकार सघं कास्कीले पोखरा मिड्टाउनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालका चर्चित सिने हस्तीहरु पल शाह , आचल शर्मा, राजाराम पौडेल , शिवहरि ढुङगाना , किरण केसी ,दिपाश्री निरौलाको उपस्थिति रहेको थियो ।चलचित्र “शत्रु गते” का निर्माता एवम् कलाकार किरण केसीले चलचित्रमा ३ पुस्ते कलाकारको प्रस्तुति रहेको उल्लेख गर्दै १७ वर्ष पछि आफुले लगानी गरेको उक्त चलचित्र कथावस्तु , अनुभवि कलाकारको अभिनय र गीत संगीतको कारण सफल हुनेमा ढुक्क भएको बताए ।

प्रेम र हास्यप्रधान चलचित्रलाई दर्शकले अत्याधिक मन पराएको बताउदै निर्देशक एवम उक्त चलचित्रकी कलाकार दिपाश्री निरौलाले “शत्रु गते” हास्य , रोधन , प्रेम सहित समग्र प्याकेजको चलचित्र भएको बताईन । आफुले आधार गरेका व्याक्तिको अपोजिटमा रहेर काम गर्नुको मज्जा, चुनौती सहित रमाईलो अनुभुति उनले साटिन् । चलचित्रका अर्का कलाकार शिवहरि ढुङगानाले जसरी दर्शकले आफु अभिनित “छक्का पञ्जा” र “छक्का पञ्जा २” मा क्यारेकटर मन पराईदिनु भएको थियो त्यसरीनै “शत्रु गते”मा पनि दर्शकको माया पाउनेमा विश्वस्त रहेको बताए । कलाकार राजाराम पौडेले पनि समर्थन जनाउदै दर्शकलाई हल सम्म गएर नेपाली चलचित्रलाई माया गर्न आग्रह गरे । यस्तै चलचित्रमा युवापिडिको भुमिका निर्वाह गरेका पल र आचलले पनि चैत्र ९ गतेनै सबै कुरा थाहा हुने हुदा उक्त चलचित्र हेर्न आग्रह गरे । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ भने व्यस्तताले कार्यक्रममा उपस्थित थिएनन् । मह सञ्चारको प्रस्तुतिमा टंक बुढाथोकी र कालीप्रसाद बास्कोटाको संगीत रहेको “शत्रु गते” मा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , शिवहरि ढुङगाना , राजाराम पौडेल , दिपाश्री निरौला , पल शाह , आचल शर्मा सहित दिपकराज गिरि , बसुन्धरा भुषाल , प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।