नविन हेलिकप्टरमा सरर…….


राजाराम पौडेल, पोखरा- एकाएक सबै ध्यान आकाशतिर मोडियो । आकाशमाथी उडिरहेको हेलिकप्टर स्टेजको थोरै माथी आइपुग्दा दर्शक उत्साहित थिए । कारण त्यस हेलिकप्टरमा थिए पप गायक नविन के भट्टराई । सागीतिक प्रस्तुती राख्नु अघि हेलिकप्टर मार्फत कार्यक्रम स्थलमाथी आइ कार्यक्रम स्थल निहाले । अनि हेलकिप्टरमा नै बसेर दर्शकलाई आफ्नो परिचय दिँदै अब केहिबेरमा आफ्नो प्रस्तुती रहने विश्वास दिलाए । केहिबेरमा दर्शकमाझ आफ्नो व्याण्ड अतृप्तसँगै स्टेज देखिएका उनले आफ्ना चर्चित गीत सुनाए ।

अलि अलि पिडा हुदाँ, तिमिलाई दोबाटोमा, डर लाग्छ लगायतका आधा दर्जन गीत सुनाउदै दर्शकलाई मनोरञ्जन दिलाए । उपस्थित दर्शकले उनको प्रस्तुती रुचिपुर्वक सुने । क्यापिनचोक हल्लनेचोक लेकसाइडमा भएको कार्यक्रमको थप आर्कषण सुसान्त खत्री र डिमर्ज व्याण्डको प्रस्तुती रहेको थियो ।