बलिउड हट नायिका नेहा धुपिया नेपालमा


बलिउड चर्चित अभिनेत्री नेहा धुपिया नेपाल आएकी छिन् । राजधानीमा आयोजना हुन लागेको फेशन ब्रान्ड फेस्टामा सहभागी हुन उनी नेपाल आएकी हुन् । उनले यो कार्यक्रमको संचालन गर्नेछिन् ।

10559873_715500405154539_2518813637928107044_n

 नेहा ३ दिन नेपालमा बस्ने बताइएको छ । नेहा धुपिया काठमाण्डौको हायात होटलमा बस्नेछिन् । द हिमालयन टाइम्सले आयोजना गर्न लागेको यो फेस्टा शुक्रबार र शनिबार हायात होटलमा नै चल्नेछ । चलचित्र ‘शिशा’मा अभिनय गरेपछि उनलाई बलिउडमा हट नायिकाको रुपमा पनि चिन्ने गरिन्छ ।