पोखरा लेखनाथ महानगरपालिकाको नगर सभा आज, १७ वटा विधेयक प्रस्तुत हुने


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाको हिउदे नगर सभा आज सुुरु हुदैछ । महानगरले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सभाको तयारी पुरा भएको जानकारी दिएको हो । नगरसभामा १७ वटा विधेयक प्रस्तुत हुने महानगर प्रमुख मानबहादुर जिसीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

महानगरले १७ वटा ऐन, नीति, कार्यविधि, निर्देशिका र विधेयक माथि सभामा प्रस्तुत गर्ने छ । देश संघीयतामा गएपछि महानगरमा आएका कार्यालयहरु पशुपंक्षी, कृषि, स्वास्थ्य नीति, शिक्षा कार्यविधि, सहकारी सञ्चालन ऐन, व्यवसाय प्रवद्र्धन ऐन, एफएम रेडियो सञ्चालन कार्यविधि, न्यायिक समिति सञ्चालन कार्यविधि, कर्मचारी व्यवस्थापन ऐन, महानगरिय योजना आयोग गठन कार्यविधि, महानगुिर विधायन समिति, महानगरि भवन मापदण्ड ऐन, विज्ञापन नीति तथा निर्देशिका, फोहोरमैला व्यवस्थापन ऐन,उपमेयरसंग महिला कार्यक्रम कार्यविधि छलफल हुने महानगर प्रमुख मानबहादुर जिसीले बताए ।

‘विभिन्न महाशाखाले बनाएर ल्याएका कानुन माथि संसोधन र छलफल गरिएको छ, अव उक्त विधेयक, ऐन तथा विधेयकहरु कार्यपालिका सदस्यहरुबाट छलफल गरिने छ । ’ वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोला, वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर २१ का अध्यक्ष खगराज आचार्य र वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपाली सदस्य रहेको विधायन समिति गठन भएको थियो ।

विधयान समितिले उक्त विधेयक र ऐन संसोधन गरेको हो । प्रदेश कानुनसंग नवाझिने गरि बनाउने र यदि बाझिए स्वगत खारेज हुेन गरि बनाइने मेयर जिसीले बताए ।‘ हामीलाई आवश्यक काुनन बनाउछौ तर प्रदेश कानुनसंग बाझिए स्वात खारेज हुने भन्ने ब्यवस्था गरेर जान्छौ ।’ विधायन समितिका संयोजक शोभामोहन पौडेलले १७ वटा विधेयक छलफल गरेर तयार पारिएको बताउदै त्यसलाई नगर सभाले संसोधन गर्न सक्ने बताए । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिर्घनारायण पौडेलले सवैको सल्लाह र सुझावबाट आवश्यक कानुन निर्माण गदै जाने बताए । नगर सभाको सम्पूर्ण तयारी पुरा भएको समेत उनले बताए ।