त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना


काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना मध्ये ५० भन्दा बढीको मृत्यु भएको विमानस्थलका अधिकारीले अाश‌का गरेका छन् ।

१४ जना घाइतेलाई उद्दार गरी एम्बुलेन्समार्फत सिभिल अस्पताल र केमएसी अस्पताल पुर्याइएको छ । अझै थप घाइतेको उद्दार कार्य जारी छ।

बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा  धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको पेप्सीकोलाका स्थानीयले बताएका छन्।