पोखरा लेखनाथ महानगरपालिको दोस्रो नगरसभा शुरु


पोखरा – पोखरा लेखनाथ महानगरपालिका कार्यालयको दोस्रो नगरसभा सोमबारदेखी शुरु भएको छ । सभामा महानगरलाई आवश्यक कानुन निर्माण गर्ने छ । विधायन समितिले तयार पारेका १८ कानुनमा छलफल हुनेछ ।विधायन समितिका संयोजक शोभामोहन पौडेलले महानगरपालिकाले बिधेयकको रुपमा तयार गरेका १८ वटा कानुनी बिधेयक सोमबार सभामा पेश गर्नुभयो ।

विधायन समितिमा वडा ४ का अध्यक्ष शंकर बास्तोला र ११ का मोहन बास्तोला, वडा ५ का अध्यक्ष धनबहादुर नेपाली र २१ का अध्यक्ष खगराज आचार्य सदस्य रहनु भएको थियो । विधायन समितिका संयोजक शोभामोहन पौडेलले नगर सभा कार्यविधि प्रस्तुत गदै नेपालको संविधानले ब्यवस्था गरे वमोजिम महानगर स्थानिय सरकार भएको बताउदै विभिन्न ऐन, कार्यविधि निर्देशीका प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले विषय विज्ञ, सरोकारवालाहरुसंगको छलफलबाट कानुनको मस्यौदा तयार पारिएको बताउनुभयो । नगर सभा संदस्य वडा नम्वर १६ का अध्यक्ष जीवन आचार्यले महानगरलाई आवश्यक थुपै कानुन निर्माण गर्नुपर्ने भएकाले विधायन समितिको संख्या बढाउनुपर्नेमा जोड दिनुभयो । विधायन समितिको कार्यकाल बारे समेत स्पष्ट जानकारी दिनुपर्नेमा जोड दिनुभयो । अर्का सदस्य चेतबहादुर गुरुंगले विधायन समितिका बारेमा आफनो भनाई राख्दै विधायन समितिमा भएको त्रुटी सच्याउन माग गर्नुभयो ।

वडा नम्वर ९ का अध्यक्ष एवं काँग्रेसबाट नगर सभा सचेतक रामराज लामिछानेले महानगरको कामलाई अगाडी बढाउन कानुन जरुरी रहेको बताउर्दै प्रदेशसंग नवाझीने गरि बनाउनुपर्नेमा जोड दिनुभयो । विधायन समितिको बारेमा उठेका विषमा बोल्दै संयोजक सोभामोहन पौडेलले महानगरका साझा र एकल अधिकार रहेको बताउदै महानगरलाई सुशासन कायम गदै भष्टचारमुक्त बनाउनुपर्ने, सेवाग्राहीमैत्री बताउन आवश्यक रहेको बताउनुभयो । उहाँले ब्यवस्था परिवर्तन भएपनि सोचमा परिर्वतन नभएको बताउनुभयो ।  अर्को बैठक आउँदो चैत्र ६ गते ११ बजे बस्ने छ ।