युरोपमा पनि मनाईयो अन्तराष्ट्रिय महिला दिबस


स्पेनिस महिलाहरुले पहिलो पटक कामकाज ठप्प पार्दै हड्तालमा सहभागी बन्दै नेपाली महिलाहरु

बार्सिलोना/ युरोपभर बिभिन्न कार्यक्रमहरुको आयोजना गरी १ सय ८ औ अन्तराष्ट्रिय महिला दिबस मनाईएको छ।गैर आबासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको महिला फोरम बिभागले बिभिन्न मुलुकहरुमा कार्यक्रमको आयोजना गरी महिला दिबस मनाएको हो। राष्ट्रिय समन्वय परिषदहरुमा महिला फोरमले आयोजना गरेका कार्यक्रमहरुमा महिला हकहित,अधिकार,समानताको बिषयमा बिशेष जोड दिईएको थियो।

अन्तराष्ट्रिय महिला दिबसको अबसरमा स्पेनिस महिलाहरुले पहिलो पटक कामकाज ठप्प पार्दै हड्ताल नै गरेर सडकमा आए। “महिलाहरुको बिना दुनियाँ रोकिनेछ” भन्दै उनीहरुले बिश्वको ध्यान केन्द्रित गरे। स्पेन स्थित एनआरएन महिला फोरम पनि रीतु ढुंगाना रेग्मीको संयोजकत्वमा स्पेनिस बिभिन्न संगठनका महिलाहरुसँगै र्यालीमा सहभागी बन्यो। यस्तै आईतबार महिला फोरम स्पेनले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै महिला दिबस मनाएको छ।

स्वीटजरल्याण्डको कार्यक्रममा सहभागीहरु

गत वर्षहरुमा झैं यस वर्ष पनि गैर-आवसीय नेपाली संघ महिला फोरम स्वीटजरल्याण्डले अन्तराष्ट्रिय महिला दिबस मनाएको छ। शनिवारको लेन्जबुर्गमा सम्पन्न कार्यक्रममा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दिपक धिताल,महिला फोरम संयोजक शुभ एल्मर लामा लगायतले महिला अधिकारका बिषयमा बोलेका थिए।

यसैबीच फिनल्याण्ड,फ्रान्स,बेल्जियम,नेदरल्यान्ड्स लगायतका मुलुकहरुमा  एनआरएनए महिला फोरमले बिभिन्न कार्यक्रमहरु सहित अन्तराष्ट्रिय महिला दिबस मनाएका छन्।