बार्सिलोनामा ‘कृ’ लाग्दै


बार्सिलोना/नेपाली चलचित्र ‘कृ’ को एक बिशेष सो स्पेनको बार्सिलोनामा प्रदर्शन हुने भएको छ। । अमेरिका, अष्ट्रेलिया, जापान, साउदी अबर, हङकङ लगायतका देशमा चलचित्रको प्रदर्शन भैरहेको बेला स्पेनमा पनि हुन लागेको हो।

चलचित्र प्रदर्शनबाट बचेको केहि रकम परोपकारी काममा लागि खर्च हुने म्याड्रिड निबासी रोशन पाठकले जानकारी दिए। चलचित्र आगामी आईतबार मार्च १८ तारिख बार्सिलोना स्थित कासा डेल टिबेटमा दिउँसो ४:३० बजे देखाईदै छ।