क्रिएटिभ नेपलीज वुमन डेनमार्कको अधिवेशन सम्पन्न ।

डेनमार्कका नेपाली महिलाहरु जाग्दै ।


कोपनहेगन ।

डेनमार्कमा रहेका नेपाली महिलाहरुको एक मात्र संस्था क्रिएटिभ नेपलीज वुमन डेनमार्कको तेस्रो अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिती समेत चयन गरेको छ ।

डेनमार्कमा विविध कार्यक्रमहरु गरी सामाजीक कार्यमा निकै सक्रिय रहेको संस्थाले नेपालमा अपाङ्ग बालबालीका, बृद्धबृद्धाहरुलाई वर्षेनी सहयोग समेत गर्दै आएको छ । प्रत्येक अधिवेशनमा छुट्टै कार्यक्रम सहित प्रश्तुतु हुने यस संस्थाले हालैको अधिवेशनमा पनि छुट्टै प्रश्तुती गरेको थियो । ‘मी एण्ड माइ जर्नी’ अन्तर्गत नेपाली महिलाहरुको ‘सफलताको कथा’ मा विभिन्न क्षत्रका चार जना महिलाहरुको कथा समेटिएको कार्यक्रम निकै रुचिपूर्ण रहेको थियो । डेनमार्कको आइ टी क्षत्रमा सफल बनेकी शर्मीला थापा, डेनमार्ककै बहुराष्ट्रिय कम्पनी नोभो नोर्डीस्कमा कार्यरत एलिना मास्के, एकल महिला व्यवसायी प्ररणा जोशी र नर्सिङ्ग क्षत्रमा सफलता हात पारेकी संगीता शर्मा भण्डारीहरुको सफलताको कथा स्वयं उनीहरुबाटै प्रश्तुतु गरिएको थियो । प्रवासमा पनि शिप, ज्ञान र क्षमता भएको खण्डमा नेपाली महिलाहरुले पनि राम्रो अवसर पाउने रहेछन भनेर अरुको लागि प्रोत्साहन हुने खालको उदाहरण बनेको थियो सो कार्यक्रम ।

अधिवेशनमा अध्यक्ष डा. गरीमा घलेले सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन गरेकी थिइन् भने महासचीव मीना पौडेलले संस्थाको दुइ वर्षको कार्यप्रगती सहितको प्रतिवेदन प्रश्तुत गरेकी थिइन् । संस्थाकी संस्थापक अध्यक्ष सरस्वती कार्कीले स्वागत मन्तव्य दिएकी थिइन् ।

कार्यक्रममा एनआरएन डेनमार्कका अध्यक्ष याम लाल सुवेदीले संस्थाले गरेका कार्यहरु निकै सराहनीय रहेको भन्दै अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

हालैको अधिवेशनले इन्दीरा तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । नयाँ बनेको कार्यसमिती निम्नानुसार रहेको छ ।

अध्यक्ष: इन्दिरा तिवारी
उपाध्यक्ष: मीना पौडेल
महासचीव: स्मिता बस्नेत
कोषाध्यक्ष: नीरा थापा
सचीव: अनिता घिमिरे

सदस्यहरुमा:
नमिता अधिकारी
सुनीता गुरुङ
सबिता क्षत्री
इन्दु तिमिल्सेना
गीता अर्याल
संगीता भण्डारी

यसैगरी संस्थाले बचत गरेको रकमबाट नेपालको रुपन्देही-९ बुटवलको सुस्थमनस्थिती बाल विद्या मन्दीरको भवन निर्माणको लागि तीन लाख नेपाली रुपैंया सहयोग गर्ने बताएको छ ।