विद्यार्थीले परिवर्तनकारी भूमिका खेल्नु पर्छ : गगन थापा


लेखनाथ – नेपाली काग्रेसका केन्द्रिय सदस्य एंव पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले विद्यार्थी भनेको भविष्य र पविर्तनका संवाहक भएकाले परिवर्तकारी भूमिका खेल्नु पर्नेमा जोड दिनु भएको छ । नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयको आयोजनामा भएको नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ठ विद्यार्थी सम्मान कार्यक्रममा उहाँले सो कुरा वताउनु भएको हो । उहाँले विद्यार्थी समयमा नै सोही अनुशारको काम गर्नु पर्ने र राजनिती भन्दा अध्ययनमा जोड दिन आग्रह गर्नु भएको छ । राजनितीले केही दिन नसक्ने भएको हँुदा राजनितीमा भविष्य उज्वल नभएको समेत जानकारी गराउनु भएको छ ।

सोही कार्यक्रममा वोल्दै कार्यक्रमका विशिष्ठ अतिथी नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले नेपाल विद्यार्थी संघले शेक्षिक अधिकार मात्र मुख्य एजेण्डा वनाएको हँदा आज पनी विद्यार्थीको रोजाईमा नेविसंघ पर्ने वताउनु भएको छ । त्यसै गरी नेपाल विद्यार्थी संघका उपसभापती पुुष्प कुमार शाहीले विश्वविद्यालयमा हुन लागेको स्ववियु चुनावमा नेपाल विद्यार्थी संघको जित सुनिश्चित भई सकेको हुँदा ढुक्क भएर अगाडी वढ्न सुझाव दिनु भएको छ । नेपाल विद्यार्थी संघ प्रदेश नं ४ उपाध्यक्ष डिल्ली सुवेदीले चैत्र २१ गते पोखरा विश्वविद्यालयमा हुन लागेको स्ववियु चुनाव गर्न नेपाल विद्यार्थी संघले गरेको सहजताको सम्मान गर्दै सवै एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ ।

स्वागत तथा सम्मान कार्यक्रममा वोल्दै नेपाली काग्रेस कास्की सभापती कृष्ण केसीले पोखरा विश्वविद्यालयमा उम्मेदवार चयन सम्वन्धमा हाम्रो नभई राम्रोलाई स्थान दिने वताउन्ु भएको छ । सोही कार्यक्रममा नेपाली काग्रेस कास्की सचिव सुदिप मोहन भट्टराई, कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेपाली काग्रे पोखरा लेखनाथ नगर सहसंयोजक राजेन्द्रमणी लामीछाने, नगर सचिव ध्रवनाथ अधिकारी, प्रजातन्त्रवादी प्रध्यापक संघका अध्यक्ष सञ्जिव थापा, कर्मचारी संघका अध्यक्ष शिवराज पण्डित, प्रजातन्त्रवादी कर्मचारी संघ केन्द्रिय उपाध्यक्ष रजनी केसी, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरु मिलन आले, भानु ढकाल, पुनम पाण्डे, दोर्जे शेपा, देवकृष्ण पराजुली, गोपाल गुरुङ्ग, विद्यार्थी नेताहरु डिफान भुजेल, नेविसंघ पोवि वरिष्ठ सल्लाहकार राजेन्द्र वराल लगाएतले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा उत्कृष्ण भएका करीव २०० विद्यार्थी र फुटवलमा विजेता टिमलाई सम्मान गरीएको थियो ।नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय सभापती स्वतन्त्र वस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य फिरोज सुवेदीले गर्नुका साथै सञ्चालन सन्दिप पौडेलले गर्नु भएको थियो ।