युक्रेन नागरिकको पोखरामा रहस्यमय ढंगले मृत्यु


पोखरा – पोखरा भ्रमण गर्न आएका युक्रेन नागरिकको पोखरामा रहस्यमय ढंगले मृत्यु भएको छ । २८ बर्षीय युक्रेन नागरिक एन्टोनको पोखराको लेकसाइड स्थित ह्वाईट पल होटलको ७ सय १ रुमको बरण्डामै उनको ध्यान गर्दा गर्दै रहस्यमय ढंगले मुत्यू भएको प्रहरीले जनाएको छ ।

साथेसंग दुइ दिन अघि मात्र काठमाण्डौंबाट पोखरा घुम्न आएका एन्टोन होटलको बरण्डामा ध्यान गरी बस्दा अचानक उनको मुत्यू भएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. खड्ग बहादुर खत्रीले बताए । उनका साथी आज विहान करिब ९ बजे तिर उठेर हेदा ध्यान गरेको अबस्थामा बसेको देखेर उनले एन्टोनका परिवारलाई सम्पर्क गर्दा उसले ध्यान गर्छ नवोलाउनु होला भनि प्रतिकृया दिएको प्रहरीले जनाएको छ । एन्टोन ध्यानप्रेमी थिए ।

एन्टोनका साथेले खाजा खाएर रुमा जादा पनि पहिलेकै अबस्थामा ध्यान गरे जस्तो गरेर बसेकोले उनले वोलाउदा नवोले पछि होटलको रिसेप्सनमा जानकारी गराए । उनको उपचार गर्न मेट्रो सिटि हस्पिटलमा लगे पनि उक्त हस्पिटलले उपचार गर्न नसक्ने भनि रिफर गरे पछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल(पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान ) पु¥याईएसंगै हस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
उनको शव हाल हस्पतालको शव गृहमा राखिएको छ । एन्टोनको हृदयघात वा कुनै कारणबाट मुत्यू हुन सक्ने प्रहरीले जनाएको छ । उनको शरिरमा कुनै चोटपटक नभएको प्रहरीले जनाएको छ । उनको पासवोर्ड नम्बर इ.आर.५४५७२० रहेको छ ।