मिस क्रियटिभ नेपालको ट्यालेन्ट राउण्ड


राजाराम पौडेल,पोखरा- क्रियटिभ बोर्डकास्टिङ मिडिया प्लसले पोखरामा आयोजना गरेको मिस क्रियटिभ नेपाल २०७४ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । ट्यालेन्ट राउण्डमा फाइनलमा पुगेका १२ जनाले आफ्नो प्रतिभा प्रस्ुतत गरे । नृत्य, गायन लगायतका विभिन्न प्रतिभा देखाउदै प्रतियोगीताको उपाधि दावेदार रुपमा उनीहरुले आफुलाई उभ्याए । ट्यालेन्ट राउण्डको निर्णायकमा संगीत प्रशिक्षक तीर्थराज पोखरेल, मिलन नेपाली, ओसिन राई रहेका थिए ।

अब फाइनल प्रवेश गरेका जोसिना गुरुङ, सविना क्षेत्री, पुष्पा परियार, प्रेरणा गिरी, पुजा शाह, अनिता लामा, प्रमिला गुरुङ, जस्मिन तामाङ, सोनी गुरुङ, प्रकृति श्रेष्ठ, शान्ती मगर र पल्लवी पौडेलका बिच उपाधि भिडन्त हुनेछ ।

प्रतियोगीताको ग्राण्ड फिनाली चैत्र १० गते पोखरा उद्योग वाणिज्य संघको हल ग्रैहापाटनमा हुनेछ । नेपालका विभिन्न ठाउँमा भएका अडिसनमा सहभागीता ९२ जना मध्येबाट उत्कृष्ट १२ छानिएको आयोजक संस्थाका प्रबन्धक निर्देशक मिलन प्रतिकले जनाए । प्रतिष्पर्धामा उत्रनेहरुलाई छोटा पहिरन र अंगप्रर्दशन गर्न निषेध गरिएको आयोजकले जनाए । प्रतियोगीहरु साडी, कुर्ता, लेहङ्गा लगायतका कल्चरल ड्रेसमा सजिदै स्टेजमा देखिनेछन् । पोखरामा आयोजना हुने अन्य सुन्दरी प्रतियोगीता भन्दा यो प्रतियोगीतामा दर्शकले फरकपन पाउने आयोजकको दावी छ ।