शत्रु गतेको क्रेज युरोपभर,बार्सिलोनामा अप्रिल २२ तारिख


बार्सिलोना/ शुक्रबारदेखि रिलिज भएको बहुचर्चित नेपाली चलचित्र ‘शत्रु गते’को क्रेज नेपालमा मात्र हैन युरोपमा पनि देखिएको छ।युरोपको नेपाली समुदाय माँझ बिभिन्न देशहरुमा प्रदर्शन हुने भए पछि शत्रु गतेको क्रेज झनै बढेको हो। युरोपका बिभिन्न देशहरुमा गरी २५ बटा शो बुक भईसकेको युरोप बितरक नेपालोना ईभेन्टस् ले जनाएको छ।

प्रदिप भट्टराईको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य,मदनकृष्ण श्रेष्ठ,किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल,दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह,आँचल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

नेपालोना ईभेन्टस् का अनुसार अप्रिल २२ तारिख सिनेमा जिरोना हलमा साँझ ५ बजे चलचित्र प्रदर्शन गरिदै छ।