डेनमार्कमा तेश्रो जसस ब्याडमिन्टन कप सम्पन्न


कोपेनहेगन/ डेनमार्कमा सम्पन्न तेश्रो जनसम्पर्क समिति ब्याडमिन्टन कप २०१८ को मेन्स सिंगल एबं समूह ए  डबलको प्रतियोगितामा उपाधि हिमालयन स्पोर्ट्स क्लबले जितेको छ। मेन्स सिंगल फाईनलमा हिमालयन क्लबका दिपक अधिकारी बिजेता बने भने समूह ए मेन्स डबलमा पुनः हिमालयन क्लबका दिपक आधिकारी र बिरेन्द्र बिष्टले उपाधि जितेका हुन्। यसैगरी समूह बि को मेन्स डबलको प्रतिस्पर्धामा कोपेनहगेन ग्रीनका हेम अर्याल तथा नबिन आचार्यको जोडी बिजयी बनेको छ। गत मार्च  १७ र १८ तारिख सम्पन्न प्रतियोगिता खेलाडीहरुको खेल अनुभव र स्किलको आधारमा मेन्स डबललाई ए र बि समुहमा बिभाजन गरि खेलाईएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूताबास डेनमार्कका राजदूत युबनाथ लम्साल सहभागी भई विजयी खेलाडीहरुलाई नगद,शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रम सफल पार्न सहयोग पुर्याउँने डेनमार्क स्थित नेपाली समुदायलाई आयोजक जनसम्पर्क समिति डेनमार्कले बिज्ञप्ति प्रकाशित गर्दै धन्यबाद ज्ञापन गरेको छ।