राष्ट्रिय मुक्तक पुरस्कार सरुभक्त श्रेष्ठलाई प्रदान गरिने


पोखरा – यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार मुक्तककार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठलाई प्रदान गरिने भएको छ । मुक्तक विधामा नेपालमै पहिलो पटक साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित र मुक्तक मञ्च पोखराद्वारा सञ्चालित पुरस्कार यस पटक सरुभक्तलाई प्रदान गर्ने निर्णय भएको  पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मञ्चल पुरस्कारको राशी बृद्धि गरि दोब्बर बनाएको छ । मुत्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जलले ११ हजार १११ रुपैयाँ रहेको पुरस्कारको राशी यस वर्षबाट बढाएर रु. २२ हजार २२२ रुपैयाँ नगद, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने जानकारी दिनुभयो ।

पुरस्कारका संस्थापक अल्पविरामले पुरस्कारको अक्षयकोष सकेसम्म बढाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नेपाली मुक्तकको विकास र लेखनका लागि सरुभक्तको महत्त्वपूर्ण योगदान रहेको र त्यसको कदर गर्दै उहाँलाई पुरस्कार प्रदानका लागि सिपाmरिस गरिएको प्रतिभा छनोट समितिका संयोजक दीपक समीपले बताउनुभयो । कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका ३ दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ (२०३५) पोखराकै पहिलो मुक्तक सङ्ग्रह हो । उहाँका हजार बुद्धहरु (२०६१) र प्रेमयात्रा (२०६७) सहित ३ मुक्तक सङ्ग्रह प्रकाशित छन् । उहाँको पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो । वि. सं. २०१२ भदौ तिजमा पोखराको बागबजारमा जन्मनुभएका सरुभक्त हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति हुनुहुन्छ । सिर्जनाको मूल्य खोज्ने कार्यक्रम टिकटमा मुक्तक सञ्चालनमा पनि सरुभक्तको महत्त्वपूर्ण भूमिका रहेको थियो । वि.स २०३५ सालमा टिकटमा मुक्त कार्यक्रम सरुभत्तलकै पहलमा भएको थियो ।

मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपिन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसअघि पुरस्कारबाट कृष्णप्रसाद पराजुली र रत्नशमशेर थापा सम्मानित भइसक्नुभएको छ । मुक्तकको लेखन, विकास वा अनुसन्धानमा लागेका संस्था वा व्यक्तिलाई हरेक २ वर्षमा पुरस्कार प्रदान गरिँदै आएको छ ।

यसैवीच मञ्चले पोखरामा मुक्त्तक महोत्सव आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमा महोत्सव गर्ने तयारी भैरहेको जनाएको हो । मञ्चले चैत २२ देखि २४ गतेसम्म पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा ३ दिने मुक्तक महोत्सव २०७४ आयोजना गर्ने भएको हो । रोट¥याक्ट क्लब अफ् हेमजाको सहआयोजनामा हुने महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, राष्ट्रिय मुक्तक पुरस्कार हस्तान्तरण, मुक्तकको सैद्धान्तिक बहस, मुक्तक सङ्ग्रह विमोचन र नेपालका विभिन्न जिल्लाका अग्रज तथा नयाँ पुस्ताका गरी ४० भन्दा बढी मुक्तककारहरुका मुक्तक वाचन लगायतका कार्यव्रmम हुने अध्यक्ष प्राञ्जलले जानकारी दिनुभयो । मुक्तक गोष्ठिमा चेतन कार्की, दिपक समीपले मुब्तका बारेमा चर्चा गर्नुहुने छ । मुक्तक मञ्चले २०६५ सालदेखी पोखरामा नियमित मुक्तक वाचन लगायतका गतिविधि गदै आएको छ ।