कृति स्मृति वृत्ति सम्मान पत्रकार प्रतिकलाई प्रदान गरिने


पोखरा  -नेपाल पत्रकार महासंघ कास्की शाखावाट संचालित तथा माननीय सभाषद तथा उद्योगपति सूर्यवहादुर केसीका परिवारजनवाट स्थापित कृति स्मृति वृत्ति सम्मान २०७४ प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीकलाई प्रदान गरिने भएको छ । त्यस्तै पोखरा पत्रकारिता पुरस्कार कार्टुनिष्ट दुर्गा वराल वात्सायन र संस्थागत तर्फ पोखरा पत्रकारिता सम्मान पोखरा लेखनाथ महानगरपालिकालाई अर्पण गरिने भएको छ ।

कृति स्ृमति सम्मानको प्रतिभा छनौटको लागि पत्रकार युवराज घिमिरे, रामकृष्ण ज्ञवाली, रमेश पौडेल र महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ तथा सचिव रामप्रसाद तिमिल्सिना सदस्य रहेको समितिले प्रतीकलाई सम्मान गर्न गरेको सिफारिसलाई सोमवार महासंघको वैठकले अनुमोदन गरेको हो । २०३१ सालमा मातृभुमि साप्ताहिक काठमाण्डौवाट पत्रकारितामा प्रवेश गरेका प्रतीक आव्हान साप्ताहिक, सगरमाथा दैनिक, जनआस्था साप्ताहिक र हिमदुत दैनिकमा पनि काम गरे । पोखरा हटलाईन दैनिकको संस्थापक सम्पादक प्रकाशक रहेका प्रतीक हाल प्रधान सम्पादकको रुपमा कार्यरत छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाको अध्यक्ष, सल्लाहकार , महासंघको केन्द्रीय सदस्य हुँदै उपाध्यक्ष सम्मको जिम्मेवारी प्रतीकले निभाए । उनले विभिन्न कलेजहरुमा पत्रकारिता विषय समेत अध्यापन गराए । साहित्यिक क्षेत्रमा समेत उत्तिकै सक्रिय पत्रकार प्रतीकका ३ वटा उपन्यास समेत प्रकाशित भईसकेको छ । पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११, सम्मानपत्र र दोसल्ला रहेको छ । यसअघि वरिष्ठ पत्रकार युवराज घिमिरे पुरस्कृत भईसकेका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना गरेको पोखरा पत्रकारिता पुरस्कार २०७२ वाट कार्टुनिष्ट दुर्गा वराल वात्सायन पुरस्कृत हुने भएका छन् । व्यङ्ग चित्रको माध्यमवाट पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदान स्वरुप उनलाई पुरस्कृत गर्न लागिएको हो । वरालका कार्टुनहरु राष्ट्यि तथा अन्तराष्ट्यि क्षेत्रमा समेत चर्चित छन ्। वात्सायन हाल कान्तिपुर दैनिकमा आवद्ध छन् । पुरस्कारको राशी नगद ३५ हजार १ तथा सम्मानपत्र र दोसल्ला छ ।

त्यसैगरि पोखरा पत्रकारिता पुरस्कारको परिमार्जित निर्देशिका अनुसार पोखरा पत्रकारिता पुरस्कार संस्थागत सम्मान २०७४ वाट पोखरा लेखनाथ महानगरपालिका कार्यालयलाई सम्मान गर्ने निर्णय गरिएको छ । पुरस्कारको प्रतिभा छनौट समितिमा महासंघका पूर्व अध्यक्ष कुसुमकेशव पराजुली, वद्री विनोद प्रतीक, रविन्द्र वास्तोला तथा महासंघका अध्यक्ष र सचिव सदस्य दिए । दुवै पुरस्कार तथा सम्मान चैत १६ गते महासंघको स्थापना दिवसको दिनमा अर्पण गर्ने कार्यक्रम रहेको छ ।