एनआरएन स्पेनको नियमित बैठकका निर्णयहरु (सूचना/बिज्ञप्तिबाट)


१)यस संस्थामा पर्न आएका बिभिन्न लिखित तथा मौखिक निबेदन हरुको बारेमा संस्थाका केहि जिम्मेवार साथिहरुले समन्यय गरी संबन्धित पक्ष हरुसंग छलफल गरी समाधान गर्ने र यदी समाधान नभएमा आगामी बैठकमा छलफल गरी समाधान गर्ने सर्वसम्मत निर्णय गरियो ।

२)गैर आवासिय नेपाली संघ स्पेनको रास्ट्रीय समन्वय परिषद र स्थानिय समान्वय समितिको बिचमा समान्वय गरी एकरुपता गर्न गराउनको लागि केहि बिभिन्न बिधी र बिधानको आवस्यक्ता महसुस हुन आएकोले यस गैर आवासिय नेपाली संघ स्पेनले स्पेन भित्रका स्थानिय समिती हरुसंग समन्वय गरी स्थानिय समितीहरुले पालना गर्नुपर्ने बिभिन्न बिधी तथा नियमहरुको पालना गर्दै स्थानिय रुपमा संस्था संचालन गर्न परिपत्र निर्णय गरियो ।

३)बिभिन्न बिभागिय संयोजक हरुमध्य महिला , युवा, कोसाध्यक्ष र अनुशासन विभाग संयोजक संयोजक ज्युहरुले आफ्नो जिम्मेवारिको रिपोर्टिङ गर्नुभयो । आ-आफ्नो बिभागिय जिम्मेवारी लिनुभएका संयोजक ज्युहरुबाट भए गरेका प्रगती बिवरण बुझाउन बाकी रहेका सबैले आगामी बैठकमा बुझाउन निर्देसन गर्ने निर्णय गरियो ।

४)अन्तरास्ट्रीय महिला दिवसको अवसरमा महिला फोरम आइसिसिले आयोजना गरेको नेपालको बिकट जिल्ला अछाममा रहेका आङ खस्ने समस्या भएका महिलाहरुको लागी बृहत स्वास्थ्य सिविर संचालन गरेको र सो कार्यक्रममा स्पेनको तर्फबाट स्पेनकि महिला फोरम पुर्व संयोजक तथा बर्तमान आइ सि सि सदस्य श्री शितल भुर्तेल भुसाल ज्यु भौतिक रुपमा उपस्थित भै बिभिन्न सहयोग गरी सो कार्यक्रम सफल पार्न लागिपर्नु भएकोमा आजको यस बैठकले उहाँको सो कार्यको कदर गर्दै उहाँ र महिला फोरम स्पेनलाई समेत हार्दिक धन्द्यवाद ज्ञापन गरियो ।

५)स्व: अमरजंग गुरुङको परिवारको लागी सहयोग संकलन तथा निजको पार्थिव शरिरलाई नेपाल पठाउनको लागी गर्नुपर्ने सम्पुर्ण काम सम्पन्न भएको र निजको सहयोगको लागी खोलिएको बैंक खातामा जम्मा भएको €४४५० युरो संबन्धित परिवारलाई पठाइसकिएको हुनाले आजको यस बैठकले सो बैंक खाता बन्द गर्ने र पछी गर्नुपर्ने कामहरु एन आर एन ए मार्फत गर्ने गरी सो कार्यको लागी गठन गरिएको कार्यदललाई आजको बैठक बाट निस्कृय गरी सो को लागी भएगरेका कामहरुको प्रगती बिवरण सार्वजनिक गर्ने निर्णय गरियो ।

६)स्पेनस्थित केहि मिडियावाला भन्ने ब्यक्तीहरुबाट एन आर ए स्पेन र संस्थाका जिम्मेवार पदाधिकारीहरुको बिरुद्दमा लेखिएका बिभिन्न समाचारप्रति एन आर एन ए स्पेनले खेद प्रकट गर्दै गलत समाचारको खण्डन गर्ने र आगामी दिनमा पनि कोही र कसैबाट एस्ता भ्रमात्मक समाचार आएमा संस्थागत रुपमै तुरुन्त खण्डन गर्ने निर्णय गरियो ।

हिरालाल सापकोटा (डायमण्ड)
प्रबक्ता
एन.आर.एन.ए स्पेन