सुमन केसीको मुक्तक संग्रह ‘श्री’ लोकार्पण


पोखरा – वाङमय प्रतिष्ठान पोखराको आयोजनामा सुमन केसीको मुक्तक संग्रह श्री एक समारोहका बीच पोखरामा लोकार्पण भएको छ ।  प्रमुख अतिथि कृतिकार सुमन केसीका वुवा कर्ण बहादुर केसी एवं आमा सरस्वती केसीले पुस्तक विमोचन गरेका थिए ।

कार्यक्रममा साहित्यकार,नाटककार तथा श्री मुक्तक सङ्ग्रहका समिक्षक कृष्ण उदासी ले सुमन केसीको भविष्य उज्वल रहेको बताए । पहिलो पुस्तक राम्रो भएको चर्चा गर्दे कृतिकारले गाउँका भिरपाखा देखि विदेशमा आफु श्रमिक हुदाँ नेपालीले भोगेका दुःख वेदनाका कुराहरु मुक्तक मार्फत दर्शाउन खोजेको बताए ।

पोखरा वाङमय प्रतिष्ठानका अध्यक्ष देशभक्त कुंवरको अध्यक्षतामा सम्पन्न भएको यो कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले मुक्तक संग्रह श्रीको बाहिरी आवरण निकै आर्कषक रहेकोले भित्रको गुदी पनि राम्रो नै हुनु पर्ने बताए ।

कार्यक्रममा फिल्म निर्देशक घनश्याम लामिछाने,म्याग्दी साहित्य संचारका अध्यक्ष घायलश्री,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नगेन सिंह ठकुरी लगायतले मन्तव्य राखेका थिए । श्री मुक्तक संग्रहका कृतिकार सुमन केसीले माया,प्रेम दुःख,सुख र समाजलाई चित्रित गर्ने प्रकारका मुक्तकहरु समावेश रहेको बताए ।

धेरै पहिले देखिका आफ्नो पुस्तक निकाल्ने सपना पुरा भएको बताए ।

भविष्यमा अझ राम्रा कृतिहरु लिएर पाठक सामु आउने समेत प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम संचारकर्मी अम्बिका राणाले संचालन गरेकी थिईन् ।