सलमान खानलाई ५ वर्षको जेल, फैसला पछि सलमानलाई जोधपुर जेल लगियो


एजेन्सी । बीस वर्ष पुरानो कालो हरिण मारेको मुद्दामा जोधपुर अदालतले सलमान खानलाई दोषी भएको फैसला गरेको छ । सलमान खानलाई दोषी घोषित गरेर खाजाका लागि भएको ब्रेक पछि सीजेएम देव कुमार खत्रीले सलमान खानलाई ५ वर्षको जेल र १० हजारको जरिवाना तोकेका छन् । सजायँको फैसला पछि सलमान खानलाई जोधपुर जेलमा लगिएको छ ।

सजाय सुनाउदा सलमान खान आफ्नी दुई बहिनीको साथमा थिए । न्यायाधिसले सलमान खानलाई सजाय सुनाइरहदा सलामान खान आफू बसेको कुर्सीबाट उठेर भित्तामा अडेस लागेर बसेका थिए ।

यो मुद्दाका सह–आरोपी रहेका सैफ अलि खान, तब्बु, सोनाली र नीलमलाई भने शंकाको लाभको आधारमा दोष मुक्त गरिएको छ ।
मुद्दाको पेशीको लागि सबै आरोपीहरु बुधबार जोधपुर गएका थिए । यो ममला १९९८ सेप्टेम्बर–अक्टुबरको हो । त्यो समयमा यी सबै ‘हम साथ– साथ हैं’ को शुटिङ्गको सिलसिलामा राजस्थानमा थिए ।

सलमान खानलाई सोही समयमा गरेको अन्य दुई शिकारको लागि पनि मुद्दा परेको थियो । बाँकी दुवै घटनामा शिकार गरेको प्रत्यक्ष देखेको भनिएका हरिश दुलानीले अदालतमा आफ्नो बयान फेरेका थिए । उनले सलमान र बाँकी कलाकारलाई पहिले कहिले नभेटेको बताएका थिए । त्यो घटनाको मुद्दा कमजोर हुनुमा शिकार गरिएको हरिणको लास नभेटिनु पनि थियो ।

हरिण मरेको केही समय पछि पुगेको गाउलेहरुले गोली सलमान खानले चलाएको र त्यो समय गाडीमा सैफ अलि खान, नीलम, सोनाली र तब्बु भएको बताएका थिए । गाउले आएपछि सलमान खानले हरिणलाई त्यहीं छाडेर हिडेका थिए ।

सलमान खानलाई जेल सजाय भए पछि उनी जोडिएका तीन फिल्मको भविष्यमा प्रश्न चिन्ह लागेको छ । सलमान खानको एक फिल्म ‘रेस ३’ सुटिङ्ग सकिएर प्रदर्शनको तयारीमा छ भने ‘भारत’ र ‘दबंग ३’ दुई फिल्ममा उनी अनुबन्ध भए पनि यीनको सुटिङ्ग शुरु भएको छैन ।